Fri. Feb 7th, 2025

दशैंको मुखमा पनि प्रहरीले छाडेन गुण्डा नाइके राधेलाई

radhe
धादिङ –  गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी आइतबार साँझ धादिङको एक होटलबाट पक्राउ परेका हुन् ।  धादिङकै गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का प्रतिस्पर्धी डनका रूपमा चिनिएका राधे पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । उनलाई दिनेश अधिकारी चरीको हत्या प्रयास गरेको भन्दै परेको उजुरीको छानविनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राधेले करिब दुई वर्ष अधि मात्र प्रहरीकै गाडीमा रहेको अवस्थामा चरीमाथि गोली प्रहार गर्दै फरार भएका राधेलाई जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ प्रहरी परिसरको निर्देशनमा जिल्ला प्रहरी कार्याल्ऽय धादिङले पक्राउ गरेको थियो । उनलाई पक्राउ लगत्तै काठमाडौं पठाइएको जिल्लाा प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: