Tue. Dec 3rd, 2024

धादिङको गजुरीमा “यात्रु सहायता डेस्क” सञ्चालन

gajuri-area-police-office-dhading
धादिङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि रोक्न गजुरीमा असोज २६ गतेदेखि “यात्रु सहायता डेस्क” स्थापना गरेको छ ।

नेपालीहरुको महान पर्व दशैं, तिहार र छठका अवसरमा राजमार्गमा चल्ने सवारी साधनहरुमा हुन सक्ने चोरी, डकैती, भाडामा अनियमिता चोरी निकासी पैठारी नियन्त्रण गर्न र अलपत्रमा परेका यात्रु र उनीहरुको सामानको सुरक्षाका लागि डेस्क स्थापना गरिएको धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधानले जानकारी दिए । ।

सो कार्यक्रम अन्तर्गत डेस्कले असोज ३० गते ३ वटा सवारी साधनका २५ जना यात्रुहरुको नियमित भन्दा बढी लिएको भाडा वापत ३ हजार ५ सय ५० रुपैयाँ तथा कात्तिक १ गते ६ वटा सवारी साधनबाट ५६ जना यात्रुहरुलाई ९ हजार ४ सय रुपैयाँ भाडा यात्रुहरुलाई फिर्ता गराएको छ ।

About The Author

अन्य समाचारहरु: