Fri. Jul 19th, 2024

मौलाकालिका दौडको उपाधि धादिङका हरिकुमार रिमाललाई

runiing

३ कात्तिक, धादिङ – प्रत्येक वर्ष फुलपातीको दिन आयोजना हुँदै आएको लायन्स लियो मौलाकालिका शान्ति दौड प्रतियोगितामा यसवर्ष धादिङका हरिकुमार रिमाल प्रथम भएका छन् ।

उनले नारायणगढको लायन्सचोकदेखि गैंडाकोटको मौलाकालिका मन्दिरसम्मको दुरी २३ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् । चितवनकै पुरानो लायन्स तथा लियो क्लव अफ नारायणगढको आयोजनामा भएको दौडमा २३ मिनेट ५५ सेकेण्डमा दुरी पुरा गर्दै रामेछापका होमलाल श्रेष्ठ द्धितिय र २४ मिनेट ११ सेकेण्डमा दुरी पुरा गर्दै डोटीका खगेन्द्रबहादुर भाट तृतीय स्थान हासिल गरे ।

running 2

यसैगरि धनगढीका किरण मल्ल चौथो, भक्तपुरका हरेराम नेपाल पाँचौ, काठमाडौंका लक्षमण मल्ल छैठौं, नेपालगञ्जका हेमराज थापा सातौं, मकवानपुरका विवेक चेपाङ आठौं, डडेलुधुराका मोहनसिंह तमौली नवौं र भरतपुरका जीवन राना दशौं स्थान हासिल गरे । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्धितिय हुनेले नगद १० हजार र तृतीय हुनेले नगद ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै चौथोदेखि दशौं स्थानसम्म हासिल गर्नेले नगद एक–एक हजार रुपैयाँ पुरस्कार पाएका छन् । उनीहरुलाई मौलाकालिका मन्दिर परिसरमै पुरस्कार वितरण गरिएको थियो ।

लायन्स क्लव अफ नारायणगढका पूर्व अध्यक्ष सिद्धकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवंम् लायन्स क्लवका अध्यक्ष विवस पिया र लियो क्लवका अध्यक्ष ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा चितवन क्षेत्र नं ४ का सांसद रामकृष्ण घिमिरे, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० रमेश खरेल, लायन्स ३५२ बि टु का फष्ट डिष्ट्रिक्ट गर्भनर लायन घनश्याम भट्टराईलगायतको उपस्थिति रहेको थियो । दौडको संयोजकको रुपमा लायन्स क्लवका उमेश श्रेष्ठ र लियो क्लवकी निता श्रेष्ठ रहेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: