९ कात्तिक, धादिङ – अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । आज दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु राजधानी काबुलबाट २ सय ६५ किलोमिटर उत्तर पूर्वमा पर्छ ।
भूकम्पको झड्का भारत, पाकिस्तानका साथै नेपालमा समेत महसुस भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा मेट्रो रेल रोकिएको छ भने जम्मु कश्मिरमा टेलिफोनले काम गर्न छाडेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पको झड्का केन्द्रबिन्दुबाट झण्डै २२ सय किलोमिटर टाढाको युएईमा पनि महसुस भएको छ ।