Wed. Apr 17th, 2024

सातौ राष्ट्रिय खेलकुदका लागि धादिङ जिल्लाबाट खेलाडी छनोट कार्य तीब्र

cheese

१४ कात्तिक, धादिङ – आगामी मंसिरमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागीताका लागि धादिङ जिल्लाबाट खेलाडी छनोट कार्य तीब्र पारिएको छ ।

पूर्वाञ्चलमा हुने प्रतियोगीताका लागि धादिङ जिल्लाबाट १२ वटा खेलमा खेलाडीहरुले सहभागीता जनाउने जिल्ला खेलकुद विकास समिति धादिङले जानकारी दिएको छ ।

छनोट कार्य अन्र्तगत अहिलेसम्म ६ वटा खेलकुद प्रतियोगीता भइसकेका छन् । बक्सिङ, ह्याण्डबल, बुद्धिचाल, एथ्लेटिक्स, फुलकन्ट्याक्ट र फुटबल प्रतियोगीताका लागि खेलाडीहरु छनोट गरिएको जिल्ला खेलकुद विकास समिति धादिङका कार्यलय सचिव कृष्णलाल श्रेष्ठले जानकारी दिए ।

बक्सिङ अन्र्तगत ४ जना, ह्याण्डबलमा १२ जना, बुद्धिचालमा २ जना, एथ्लेटिक्समा ८ जना, फुलकन्ट्याक्ट कँरातेमा ३ जान र फुटबलमा १८ जना खेलाडीहरु छनोट भएका छन् ।  छनोट भएका खेलाडीहरु क्षेत्रीय प्रतियोगीतामा सहभागीता भएर छनोट भए पश्चात मात्र राष्ट्रिय खेलकुद प्रतियोगीता सहभागीता हुन पाउनेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: