Mon. Apr 29th, 2024

वीरगञ्जमा प्रहरीको गोली लागि भारतीय नागरिकको मृत्यु

Birgunj-Nka_445639175

१६ कात्तिक, धादिङ – वीरगञ्जमा प्रहरीको गोली लागि एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

सोमबार दिउँसो प्रहरीले चलाएको गोली लागि रक्सौल नयाँ रोडका २४ वर्षका आशिषकुमार रामको मृच्यु भएको हो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो । उनी प्रहरीमाथि भएको ढुंगामुढामा संलग्न थिए ।

४० दिनदेखि धर्नामा बस्दै आएका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले बिहान मितेरीपुलबाट हटाएको थियो । धर्नास्थलबाट हटाएको विरोधमा मोर्चाको कार्यकर्ताले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले झण्डै एक दर्जन राउण्ड अश्रु ग्याँस र केही राउण्ड हवाई फायर गरेको छ । घण्टाघर, माइस्थानलगायत चारैतिरबाट प्रर्दशनकारी सडकमा उत्रिएका छन् ।

प्रहरीले चलाएको रबरको गोली लागि भुलन सराफ, शीवजी शाह, रामजन मुखिया घाइते भएका छन् । त्यस्तै प्रहरीको लाठि प्रहारबाट रबि यादव, राकेश गुप्तालगायत केही घाइते भएका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै प्रदर्शनकारीले चलाएको ढुंगा लागेर सशस्त्र र नेपाल प्रहरीतर्फ ८ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । प्रर्दशनकारीले बीरगंजको गण्डक, पिप्रा, श्रीपुर, घण्टाघर, माइस्थान ,नगवा लगायतका स्थानमा प्रर्दशन गरिरहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: