Fri. Jul 19th, 2024

सातौ राष्ट्रिय खेलकुदका लागि धादिङ जिल्लाबाट ११ खेलमा खेलाडी छनोट

सरिता श्रेष्ठ/ धादिङ, २३ कात्तिक–

khaladi

पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागीताका लागि धादिङ जिल्लाबाट खेलाडीहरु छनोट भएका छन् ।

आगामी मंसिरमा हुने प्रतियोगीताका लागि धादिङ जिल्लाबाट ११ खेलमा खेलाडीहरु छनोट भएका हुन् । १२ वटा खेलहरुमा सहभागीता जनाउन पाउने भएतापनि जुडो खेलमा खेलाडीहरुले नाम नै दर्ता नगराएका कारण एक खेल नभएको जिल्ला खेलकुद विकास कार्यलय धादिङका कार्यलय सचिव कृष्णलाल उप्रेतीले जानकारी दिए । छनोट खेलहरु सदरमुकाम धादिङबेसीको कर्बडहलमा भएको थियो ।
प्रतियोगीताका लागि बक्सिङमा ४ जना, ह्याण्डबलमा १२ जना, बुद्धिचालमा २ जना, एथ्लेटिक्समा ८ जना, फुलकन्ट्याक्ट कँरातेमा ३ जना छनोट भएका छन् । त्यस्तै फुटबलमा १८ जना, उसुमा १० जना, व्याटमिन्टनमा २ जना, तेक्वान्दोमा १२ जना, भलिबलको महिलामा ११ जना, पुरुषमा १२ जना र कँरातेमा १३ जना खेलाडीहरु छनोट भएका छन् ।

छनोट भएका खेलाडीहरु क्षेत्रीय प्रतियोगीतामा सहभागीता भएर छनोट भए पश्चात मात्र राष्ट्रिय खेलकुद प्रतियोगीता सहभागीता हुन पाउने जिल्ला खेलकुद विकास कार्यलय धादिङका अध्यक्ष विकास कार्कीले जानकारी दिए ।
खेलाडीहरुको नामावली यस प्रकार छन् ।

name list 1 copyname list 2 copy

About The Author

Loading...

अन्य समाचारहरु: