Mon. Apr 21st, 2025

राष्ट्रपति कृषक पुरस्कारबाट धादिङका ३ कृषक पुरस्कृत

samman1
२३ कात्तिक धादिङ – जिल्ला कृषि विकास कार्यलय धादिङले धादिङका ३ जना किसानलाई राष्ट्रपति कृषक पुरस्कारबाट सम्मान गरेको छ ।

३५ औँ विश्व खाद्य दिवसको अवसर पारेर सोमबार नगद सहित सम्मान गरेको हो । पुरस्कृत हुनेहरुमा सुन्तला खेतीबाट कमल गुरुङ र बाख्रा पालनबाट नवराज आचार्य र माछापालनबाट धुव्रराज विक रहेका छन् ।

कार्यक्रममा कृषि कार्यलय धादिङले आयोजना गरेको अन्तर विद्यलय निबन्ध प्रतियोगीतामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरेको थियो । प्रतियोगीतामा आशा अर्याल प्रथम, साखिला अधिकारी द्धितीय, प्रवेशिका खनाल तृतीय र प्रशान्त अर्याल सान्त्वना भएका थिए ।

samman 2

कार्यक्रममा गहुबाली, मकैबाली, धानबाली लगायतका किसानहरुलाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कृषक पुरस्कारबाट १० जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: