Sat. Jul 13th, 2024

महिला प्रमुख सम्मान की डर

राधिका सापकोटा- 

radhika sapkotaअहिले यो देशको पहिलो सबै भन्दा ठूलो पद राष्ट्रध्यक्षमा महिलाको छनौंट भएको छ । एसै गरी अर्को महत्वपूर्ण पद सभामुखमा पनि महिलाले नै स्थान पाएको अवस्था छ । यो नेपाल जस्तो पितृसत्तात्मक सोच र संरचना भएको देशका लागि निकै गर्भको कुरा हो भने अर्को तिर यसलाई हेर्दा परिवर्तनले छलाङ मारेको पनि देखिन्छ । यो परिवर्तन महिला आन्दोलनको एउटा ठूलो उपलब्धी पनि हो । पितृसात्मक सोच र संरचनाले ग्रस्त यो समाजलाई यो कुरा पचाउनका लागि गाह्रो भएको महसुस हरेक ठाउँमा भैरहेको छ । सामान्य व्यक्तिहरुमा यसको कुनै प्रभाव नभएपनि अलि बुजेका र हामी बुद्धिजीवि हौं भन्नेहरुका लागि अझै यो विषयले कत्ता कत्ता ठूलै चोट पुर्याएको आभाष भैरहेको छ । केही दिन अगाडी बजारमा हिड्दै गर्दा एकजना पढेलेखेका बुद्धिजीविले अब त बाटो छोड्नुपर्छ है महिलाहरुलाई महिला राष्ट्रपति भएको बेल………………।

यसै गरी अर्को एकजनाले एउटा कार्यालयमा जाँदा नमस्कार भन्दा अब त हामीले नमस्कार गर्नुपर्छ।…… कहाँ तपाईले गरेको……………….। साच्चै यी शब्द सुनिरहँदा राज्यको प्रमुख पदहरुमा महिलाहरु पुगेको कुरालाई यो वर्गले स्विकार गर्न नसकेको कुरा प्रष्ट देखिन्छ । यो स्वभाविक कुरा नभै असाध्यै अस्वभाविक कुनै घटना भएझै चोक चोकमा चर्चा चलेको छ । हुन त यो नेपालको लागि स्वभाविक कुरा हैन । सायद पहिलो पटक हुँदै छ त्यसैले सबैले यसलाई स्विकार गर्न सकिरहेका छैनन् । २००४ सालमा मतदान गर्ने अधिकार प्राप्त गरेका नेपाली महिलाहरुले २०७२ साल सम्म आइपुग्दा नेपाली महिलाहरुले राष्टको प्रमुख बन्ने शुभअवसर प्राप्त गरे । ६८ वर्षको यो नेपाली महिलाहरुको आन्दोलनको एउटा उपलब्धी हो ।

थुप्रै देशहरु छन् जहाँ अझै महिलाहरुले मतदानको अधिकार प्राप्त गर्न सकेका छैनन् । क्षमता र दक्षता भएका महिलाहरु प्रतिस्पर्धामा उत्रिएर यो अवस्था हासिल गर्न सकेका हुन् न की दया र मायाले महिलालाई दिनुपर्छ भनेर यो पद दिएको होस् । तर चोकको चर्चा सुनिरहँदा लाग्छ महिला भएका कारण विना क्षमता उनीहरु यो पदमा आइपुगेका हुन् । उनीहरुको क्षमता, योग्यता र योगदानको अहिले कुनै चर्चा छैन । त्यसको विश्लेषण गरेर साच्चै उनीहरुको क्षमता र योगदानले यहाँ सम्म आईपुगे भन्ने भन्दा पनि दयाले आईपुगे भन्नेहरुको झुण्ड ठूलो छ । यो संगसंगै सकेसम्म उनीहरुको चरित्रमा औंला उठाउन पनि बाँकी राखेनन् ।

 अझै केही वर्ष, वा केही युग हामीले यी र यस्तै अवस्थाहरुलाई भोग्नु पर्छ । अझै महिलाहरुलाई स्विकार गर्ने र उनीहरुको क्षमतालाई मान्यता दिन केही समय लाग्छ । किनकी अहिले सामान्य वर्गलाई भन्दा बुझेकाहरुलाई नै बुझाउन अझै समय खर्च गर्नुपर्ने देखिएको छ । सामान्य वर्गले आफ्ना छोरीहरु राज्यका प्रमुख पदमा पुगकामा गर्व गरेका छन् । तर बुझेकाहरुमा इष्र्या छ । बुझेकाहरुलाई डर छ महिलाहरुको खोसिएका अधिकार फिर्ता हुन्छ की भन्नेमा ।

 जे भएको छ त्यो राम्रो छ । तर लाग्छ अहिले पनि नीतिलाई पालना गरेर महिलाहरुलाई प्रमुख पदहरु दिइएको हैन । यो त  सबै परिस्थिती मिलेर उनीहरुको नाममा सहमती हुन सक्ने अवस्थाले मात्रै अहिले यी महिलाहरु त्यहाँ पुगेका हुन् । प्रधानमन्त्रि र उपप्रधानमन्त्रिको साथै मन्त्रिमण्डलको अवस्था हेर्दा यो प्रष्ट हुन्छ । त्यसैले भोली पनि यो नीति नीतिको रुपमा रहेर कार्यान्वयन हुने कुरामा शंका छ । फेरी पनि राजनीतिक परिस्थिती र सहमतिमा महिलाहरुको स्थान तय हुने अवस्था हुन सक्छ त्यसैले अहिले नै चनाखो हुन जरुरी छ यो नीतिका रुपमा रहनका लागि पहल गर्नुपर्छ ।

About The Author

Loading...