Fri. Dec 6th, 2024

नीलकण्ठ नगरपालिकाको सडक मर्मत संभार कार्यकर्ता (लेन्थ वर्कर) छनौट गर्ने सम्बन्धी सार्वजनिक सुचना

जिल्ला विकास समिति धादिङको राष्ट्रिय ग्रामीण यातयात सुदृढीकरण कार्यक्रम (SNRTP) अन्र्तगत आ. व. २०७१/७२ मा नीलकण्ठ नगरपालिका कार्य क्षेत्रमा पर्ने देहायका सडकहरुमा  नियमित मर्मत कार्य गर्न आवश्यक पर्ने सडक मर्मत संभार कार्यकर्ता (लेन्थ वर्कर) आवश्यक भएको हुृदाँ कार्य गर्न इच्छुक कामदारले नगरपालिकामा सातदिन भित्र निवेदन गर्न यो सार्वजनिक सुचना आह्वान गरिन्छ ।
छनौट समिति
१. कार्यकारी अधिकृत – अध्यक्ष
२. जि. वि. स. को सम्बन्धित बाटो हेर्ने प्राविधिक – सदस्य
३. स्थानिय सडक उपभोक्ता समितिको प्रतिनिधी – सदस्य
४. स्थानिय राजनीतिक कार्यकर्ता – सदस्य

दर्खास्त÷ उम्मेदवारको न्युनतम योग्यता /आवश्यक मापदण्ड
–  कम्तिमा १८ वर्ष पूरा भै ५० वर्ष ननाघेको ।
– शारीरिक र मानसिक रुपमा स्वास्थ्य हुनुपर्ने । सडकको नजिकको बासिन्दा हुनुपर्ने ।
– बेरोजगार, महिला, दलित जनजातिहरुलाई विहेष प्राथमिकता दिइने छ ।
– कम्तिमा ३३ % महिलालाई विशेष प्राथमिकता दिइने छ ।
– कम्तिमा ३० % दलितलाई  प्राथमिकता दिइने छ ।
– बेरोजगार युवालाई विशेष प्राथमिकता दिइने छ ।

 दर्खास्त दिने अन्तिम मिति, समय र स्थान
अनितम दर्खास्त मिति २०७१  मंसिर ३ गते भित्र
दरखास्ता ठेगाना : नगरपालिकाको कार्यलय , धादिङबेसी

कार्यक्षेत्र
१. धादिङबेसी – सुनौलाबजार – फास्रेटार सडक (30 DR 18)
लेन्थ वर्कर संख्या  ११ ( एघार) जना
२. सांकोष तिप्लिङ सडक  (30 DR 13)
लेन्थ वर्कर संख्या  ७ (सात) जना
३. पाल्पा भञ्ज्याङ – हुलाक भञ्ज्याङ – चैनपुर रामपुर – वाङगे रह (30 DR 6)
लेन्थ वर्कर संख्या १ ( एक) जना
विश्वराज मरासेनी
कार्यकारी अधिकृत

About The Author

अन्य समाचारहरु: