Wed. Apr 23rd, 2025

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान धादिङमा विभिन्न कार्यक्रम गरी मनाइने

aviwanअस्मिता खतिवडा/ ३० कात्तिक, धादिङ- लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान यस वर्ष पनि धादिङ जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।

प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (मंसिर ९ गतेदेखि मंसिर २५ गते) सम्म मनाइने अभियान यस वर्ष जिल्लाका विभिन्न स्थानमा महिला हिंसा विरुद्धका चेतनामुलक कार्यक्रम सहित मनाउन लागिएको हो ।

अभियानलाई सफल बनाऊनका लागि महिला तथा वालवालिका कार्यलय धादिङ सहित जिल्लामा क्रियाशिल विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयहरु संस्थाहरु सक्रिय देखिएका छन् ।

यसैक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको अध्यक्षतामा आज भएको सरोकारवालाहरु विचको वैठकले अभियान सफ बनाऊनका लागि विभिन्न कार्यक्रमहरुको तय गरेको छ । त्यस्तै सहयात्री समाज नेपाल, प्रयास नेपाल, आइसिडीसी, केयर नेपाल, अक्सफाम नेपाल, युमएन लगायतका संघसंस्थाहरुले आ–आफ्नो कार्ययोजना प्रस्तुत गर्दै अभियान सफल बनाऊन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

छलफल, अन्तरक्रिया, ¥याली, हाजिरीजवाफ, निवन्ध लेखन, साँस्कृतिक प्रतियोगिता लगायतका कार्यक्रम अभियानमा समेटिने महिला तथा वालवालिका कार्यलय धादिङका इश्वरी मल्लले बताइन् । घर शान्ती नै विश्व शान्तीको आधार, पुनः निर्माण शिक्षा र समान व्यवहार भन्ने नारा सहित अभियान मनाऊन लागिएको हो ।

About The Author

अन्य समाचारहरु: