Fri. Jul 19th, 2024

फिफाद्धारा एन्फा अध्यक्ष गणेश थापालाई १० वर्षे प्रतिबन्ध

ganesh thapa३० कात्तिक, काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई फिफाले १० वर्षे प्रतिबन्ध गरेको छ । साथै २१ लाख जरिवाना तोकेको छ ।

दुई दशकदेखि एन्फा अध्यक्ष रहेका थापा सांसद समेत हुन् । राप्रपा नेपालको कोटाबाट सांसद भएका उनी उपपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाका भाइ समेत हुन् ।

थापाले सन् २००९ र २०११ को फिफा चुनावमा गलत काम गरेको, आफ्नो र परिवारका लागि गलत ढंगले पैसा लिएको जस्ता अभियोग फिफाले लगाएको छ ।

फिफाको स्वतन्त्र अनुशासन समितिले एन्फा अध्यक्ष थापालाई १० वर्ष प्रतिबन्ध लगाउनुको साथै २० हजार स्वीस फ्रान्क जरिवाना समेत गराउन निर्णय भएको छ ।

थापा यसअघि पनि फिफाको निलम्बनमा परेका थिए । नेपालमा संसदको लेखा समितिले थापाको अध्यक्ष पद निलम्बन गरेपछि उनलाई फिफाले १२० दिन निलम्बन गरेको थियो ।

थापा त्यही बेला राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषद्बाट सांसदमा मनोनित भए । र, गत असारमा फेरि एन्फा अध्यक्षमा फर्किए । तर, सोमबार फिफाको अनुशासन समितिले उनीमाथि १० वर्षे प्रतिवन्ध लगाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: