Tue. Dec 3rd, 2024

नाकाबन्दीबाट कृषि क्षेत्रमा दैनिक ८३ करोड नोक्सान

Poltry-Farmकाठमाडौँ – भारतको अघोषित नाकाबन्दीबाट मुलुकको कृषि क्षेत्रमा दैनिक रु ८३ करोड घाटा हुने गरेको छ ।

नाकाबन्दीका कारण इन्धन तथा ग्यासको चरम अभाव हुँदा दैनिक रुपमा सम्पादन गर्नुपर्ने काम गर्न नसक्दा तथा ढुवानीमा परेको कठिनाइले सो घाटा ब्यहोर्नुपरेको कृषि विकास मन्त्रालयका सहसचिव डा सुरज पोखरेलले जानकारी दिए।

दुग्धजन्य, मासुजन्य, खाद्यान्न तथा तरकारी बाली एवम् वितरणमा प्रत्यक्ष–परोक्ष प्रभाव पर्दा जीविकोपार्जन गरिरहेको साना किसानलाई तराईको बन्द हडताल र चक्काजामले गम्भीर संकट उत्पन्न गरेको कृषि विभागका महानिर्देशक युवकध्वज जानकारी दिए ।

नेपाल–भारत सीमामा मधेसी मोर्चाले गरेको लगातारको बन्द, हडताल र चक्काजामको परिस्थितिले कृषि क्षेत्रमा प्रतिकूल प्रभाव परेकाले सर्वसाधारण र किसानको रोजीरोटीमा असर परेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारीले बताए । नाकाबन्दी र इन्धन अभावले उत्पादित कृषि वस्तु बिक्री गर्न बजारसम्म ढुवानी गर्न सकिएको छैन । खेतबारीमा नै कृषि उपज कुहिएको, कृषकको दूध सङ्कलन हुन नसकेको, निजी क्षेत्रका दुग्ध उद्योग बन्द भएको, सिँचाइ तथा रासायनिक मल अभावले अन्न उत्पादनमा ह्रास आएकाले कृषि क्षेत्रमा सो नोक्सान पर्न गएको बुझिन्छ ।

कुखुरा, माछा, बङ्गुर, बाख्रालगायत पशुपालन व्यवसाय उत्पादन तथा बजारीकरणको असहजता एवम् फलफूल सङ्कलन र बिक्री वितरणमा समेत प्रतिकूल प्रभाव परेको छ । सोही कारणले नेपालको प्रमुख दुई खाद्यान्न बाली धान र गहुँमा मात्र २८ अर्ब रूपैयाँको नोक्सान हुने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ ।

धानबाली उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादनमा असर पुग्छ । मन्त्रालयले यस वर्ष धान उत्पादनमा १२।७ प्रतिशतले उत्पादन घट्ने प्रारम्भिक अनुमान गरेको छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा धानको छ प्रतिशत योगदान छ । गत वर्ष ५६ लाख ५२ हजार ६९२ मेट्रिक टन धानको उत्पादन भएकामा यस वर्ष ५० लाख ४७ हजार मेट्रिक टन उत्पादन हुने अनुमान छ ।
नेपालले धानमा करिब १५ अर्ब र गहुँमा १३ अर्बको नोक्सान पर्नेछ । मधेसी, महिला थरुहट र आदिवासीका अधिकारलाई संविधान संशोधनमार्फत राज्यका सबै निकायमा सहभागिता, मधेसमा दुई प्रदेश, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम तथा सिमांकनको हेरफेरका आधारमा सङ्घीय प्रदेश गठनको माग राखी मधेसी मोर्चाले साउन ३१ गतेबाट आन्दोलन गर्दै आएका छन् ।
अघोषित नाकाबन्दीको आज ९० दिन पुगेको छ । यस अवधिमा करिब ७४ अर्ब ७० करोड रूपैयाँको घाटा कृषि क्षेत्रले बेहोर्नुपरेको छ । राष्ट्रिय कृषि गणना २०६८ का अनुसार नेपालको कुल जनसङ्ख्याको ७१ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत छ ।
अहिले गहुँ खेती गर्ने मौसम सुरु भएको छ । गहुँलाई चाहिने १२० मेट्रिक टन रासायनिक मल र १६ मेट्रिक टन भाइटाभेक्स–२०० सुक्खा बन्दरगाहमा थन्किएको छ । त्यसले गहुँ उत्पादनमा ३० प्रतिशत कमी आउने सहसचिव डा सुरज पोखरेलले बताए ।
धान पछिको प्रमुख खाद्यान्न बाली गहुँ हो । मुलुकमा हुन सक्ने खाद्यान्नबालीको अभावलाई गहुँले पूर्ति गर्दछ । गहुँको उत्पादन प्रतिवर्ष १७ लाख मेट्रिक टनभन्दा बढी हुन्छ । खपत नौ लाख मेट्रिकटन छ । तीन महिनामा पोल्ट्री व्यवसायमा २२ अर्ब रूपैयाँ, फलफूलमा ८ अर्ब रूपैयाँ, माछामा ७ अर्ब रूपैयाँ, तरकारीमा ४ अर्ब रूपैयाँ र दुग्ध व्यवसायमा करिब २ अर्ब रूपैयाँ नोक्सान भएको छ ।
सुक्खा बन्दरगाहमा थन्किएको रासायनिक मल, बीउबिजन, तथा भाइटाभेक्स–२०० लगायतका सामग्रीको भाडा भुक्तानी गर्नुपर्ने करिब रु एक अर्बको क्षति व्यहोर्नुपरेको छ । रासस
( क्भभ mयचभ बतस् जततउस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्ज्ञछरज्ञज्ञरघछण्डज्ञज्ञर३कतजबकज।छभष्द्धधशघm।मउगा

About The Author

अन्य समाचारहरु: