Mon. Apr 21st, 2025

अस्पतालमा अक्सिजन अभाव

oxygen-gas२ मंसिर, काठमाडौं – भारतीय नाकाबन्दीका कारण अस्पतालमा अक्सिजनको अभाव भएपछि हजारौं बिरामीको जीवन संकटमा परेको छ।

ग्लतष्तभिम(ज्ञउपत्यकाका अधिकांश अस्पतालमा अहिले अक्सिजनको अभाव देखिन थालेको छ।नाकाबन्दी सुरु भएलगत्तै उपत्यकाका नौवटा ठूला सरकारी अस्पतालले अक्सिजनसहित अत्यावश्यक औषधि र इन्धनको व्यवस्था अविलम्ब गर्न स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्र लेखे पनि त्यसमा चासो नदेखाउँदा अस्पतालमा भर्ना भएका बिरामीको जीवन संकटमा परेको  छ ।

ती अस्पतालले एक महिनाअघि नै भारतीय नाकाबन्दीपछि अक्सिजनलगायत अत्यावश्यक औषधि र अन्य वस्तुको अभाव भएको जानकारी गराउँदै सरकारलाई पत्र लेखेका थिए। तर यत्रो समय बितिसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कुनै पनि प्रतिक्रिया नआएपछि सरकारी अस्पतालका निर्देशक, प्रशासन प्रमुख र चिकित्सक आक्रोशित भएका छन्।

उनीहरूले केही दिनमै शल्यक्रियासहित अत्यावश्यक सेवा बन्द गर्नुपर्ने अवस्था आएको पनि बताएका छन्।’जस्तोसुकै संकटका बेला पनि जनताको बाँच्न पाउने नैसर्गिक अधिकारलाई राज्यले नै सुरक्षा गर्छ। अन्नपूर्ण पोस्ट

About The Author

अन्य समाचारहरु: