Tue. Jul 16th, 2024

सिन्धुपाल्चोकमा ५.३ रेक्टरको भूकम्प गयो

Sindhupalchok३ मंसिर, धादिङ– बिहीबार बिहान सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको पराकम्प गएको छ । बिहान १० बजे ५ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक केन्द्र बनाएर गएको भएपनि काठमाडौंमा पनि केही बेर हल्लाएको थियो । तीन महिना पछि पाँच रेक्टर स्केल भन्दा माथिको पराकम्प गएको केन्द्रले जनाएको छ ।

वैशाख १२ गते गोरखा केन्द्र भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका चार सय सात भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: