Fri. Mar 29th, 2024

कफीका पारखी बढे, व्यावसायीक खेती उसैगरी फस्टाउँदो

धादिङ- नेपालमा कफीका सौखिनको संख्या बढेसँगै यसको व्यासायिक खेती पनि फस्टाउन थालेको छ । खासगरी पहाडी भेगमा यसको खेती सुरु भएको छ । यसको पछिल्लो उदाहरण हो— धादिङको नलाङ गाबिसमा सुरु भएको व्यवसायिक कफि खेती ।

व्यावसायिक कफी खेतीको लागि भनेर १ हजार २ सय ६८ मिटर अग्लो डाँडोमा ५१ हजार कफीका विरुवा रोपिएपछि

धादिङको नालाङले नयाँ परिचय पाएको छ । ५ करोड लगानीमा सुरु गरिएको यो कफी खेती नेपालकै सबै भन्दा ठुलो भएको बताइन्छ ।

हिमालय अनटप अर्गानिक कफि स्टेटको रुपमा चिनिने यसमा हाल एउटा बोटले १० देखि १५ केजीसम्म उत्पादन दिइरहेका छन् भने २०७३ साल देखि ४० देखि ६० मेट्रिक टन कफी उत्पादन गर्ने लक्ष्य रहेको यसका सञ्चालकको दावी छ ।

http://imagekhabar.com/samachar/detail/43110/30/.shtml

 

About The Author

Loading...

अन्य समाचारहरु: