Fri. Jul 19th, 2024

चौथो कर दिवसमा दुवाडी सम्मानित

ram mani duwadi samman lidaiधादिङ – चौथो राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजश्व विभागका उपमहानिर्देशक राममणी दुवाडी सम्मानित भएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ ज्यामिरे स्थायी घर भएका दुवाडी विगत २०६६ सालदेखि राजश्व अनुसन्धान विभाग हुदै आन्तरिक राजश्व विभागमा उपमहानिर्देशकको रुपमा काम गरिरहेका छन् । अर्थ मन्त्रालयले चौथो कर दिवसको अवसर पारि कर प्रणालीमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको हो ।

शाखा अधिकृतवाट २०४५ सालमा अर्थ मन्त्रालयमा प्रवेश गरेका दुवाडीले २०५० सालमा मूल्य अभिवृद्धि करको तयारी शुरू गरेदेखि २०५२ सालमा यसको ऐन तयार गर्दा, २०५४ सालमा यसको कार्यान्वयन थाल्दा, २०५८ मा देशमा नयां आयकर ऐन र नयां अन्तशुल्क ऐन तयारी र लागु गर्ने काममा महत्वपुर्ण भुमिका निभाएका थिए ।

यूनाइटेड स्टेट्स अफ अमेरिकाको लस एन्जेल्स स्थित अमेरिकन टयाक्स एकेडेमीबाट ३ महिनासम्म अन्तराष्ट्रिय कर प्रणाली सम्बन्धी तालीम लिएका दुवाडी अर्थ मन्त्रालयमा राम्रो र इमान्दार छवि भएका प्रशासकको रुपमा चिनिन्छन् ।

नेपाल सरकारको मनोनयनबाट डेनमार्क, श्रीलंका, अष्टे्रलिया, न्यूजिल्याण्ड, दक्षिण कोरिया, इण्डोनशिया, थाइल्याण्ड, बंगलादेश आदि देशहरुले थालेका कर प्रणाली सुधारका प्रयासहरुको अध्ययन भ्रमण गरिसकेका दुवाडीले अन्य देशका कर प्रणाालीको अध्ययन गरी त्यहांका राम्रा अभ्यासहरूलाइ नेपालमा पनि लागु गरि कर प्रणालीमा सुधार गर्ने सुधारकको रुपमा समेत चिनिन्छन् । ३ वर्ष पहिले जापानमा भएको एशिया तथा प्रशान्त क्षेत्रका उच्च कर प्रशासकहरूको सम्मेलनमा भाग लिएर दुवाडीले नेपालको तर्फबाट कार्यपत्र समेत पेश गरेका थिए ।

२०३९ सालमा निजामती सेवामा प्रवेश गरेका दुवाडीले यसभन्दा अगाडी तत्कालिन सांकोष गाउँ विकास समितिको मधुवन (हाल नीलकण्ठ नगरपालिका) मा करिव ६ वर्ष शिक्षक भएर काम गरेका थिए । निजामती सेवामा उत्कष्ट काम गरेको भन्दै यसअघि पनि दुवाडीले २०५६ सालमा तत्कालिन राजा विरेन्द्रवाट गोरखा दक्षिणबाहु पदक पाएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: