Fri. Jul 12th, 2024

सप्तरीमा आन्दोलनकारीले प्रहरी बिट र भ्यान जलाए

Saptari-jhadap६ मंसिर, सप्तरी – मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच विभिन्न ठाउँमा भएको झडपले सप्तरी तनावग्रस्त छ । भारदह र रुपनीमा गएराति प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएपछि आक्रोशित बनेका मोर्चाका कार्यकर्ताहरुले कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

आन्दोलनकारीले सदरमुकाम राजविराजमा जिल्ला प्रहरी कार्यालयको ना १ झ १३१६ नम्बरको प्रहरी भ्यानमा आगजनी गरेका छन् । आगोमा जलेर भ्यानको पछाडिको भाग क्षतिग्रस्त भएको छ ।

गाडीमा जिल्ला प्रहरी प्रमसख एसपी भीम ढकालसमेत थिए । तर, प्रहरीहरु भने सबै सकुशल छन् । प्रहरीको भ्यानमा आगजनी गरेर भागेका आन्दोलनकारीलाई लखेट्दै गएको प्रहरीले गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालका तीन जनालाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।

आन्दोलनकारीकारीले रुपनीमा प्रहरी बिटमा पनि आगजनी गरेका छन् । उनीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बरमझियास्थित सुन्दरी खोलाको रेलिङ भत्काइदिएका छन् ।

रेलिङ भत्काइदिएपछि गाडी एकतर्फी मात्रै चल्न सक्ने अवस्थामा रहेको स्थानीयले बताए ।

रुपनी, बरमझिया लगायतका स्थानमा विहानैदेखि प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ ।

About The Author

Loading...

अन्य समाचारहरु: