Sat. Jul 13th, 2024

देउसीभैलोबाट संकलित रकम विद्यार्थीहरुका लागि

Tihar-songअस्मिता खतिवडा, धादिङ / ७ मंसिर– तिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकम, सेमजोङको चौतारा क्लबले विद्यार्थीहरुका लागी खर्च गरेको छ ।

देउसी भेलो खेलेको रकम वनभोज, भ्रमण लगायतका रमाइला कार्यक्रममा खर्च गर्ने प्रवृत्तीलाई तोड्दै धादिङको सेमजोङ गाऊँ विकास समिती वडा नंबर ४ मा रहेको चौतारा क्लब विद्यार्थीका लागी खर्च गरेको हो । स्थानिय चौतारा माध्यामिक विद्यालयका गरिव, जेहेन्दार तथा बाबुआमा गुमाएका ९६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको क्लबका सदस्य धन बहादुर तामाङले जानकारी दिए ।

गाऊँमै देउसी खेलेर संकलित रु ३० हजार मध्ये २० हजार बराबरको कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । अघिल्ला वर्षहरुमा देउसी भैलो खेली संकलन गरिएको रकम फुटबल, भलिबल लगायतका खेलहरु खेली सक्याऊने गरिएको भए पनि यस वर्षबाट सामाजीक काममा रकम खर्चिन सुरुवात गरिएको क्लबका अध्यक्ष छिरिङ तामाङले बताइन्।

About The Author

Loading...

अन्य समाचारहरु: