Fri. Jul 19th, 2024

तिम्रो बिहेको कुरा चल्दा

रिता लम्साल-

rita

तिम्रो बिहेको कुरा अन्तै चल्दा रोए धेरै
तिम्रै यादमा मेरो मुटु जल्दा रोए धेरै

कसरी बिर्सु अब अतितका पलहरु
छियाछिया भएको मन गल्दा रोए धेरै

आँखा चिम्ली विश्वास गरे तर घात भयो
फुलैफुलमा पनि काँडा फल्दा रोए धेरै

बर अनि पिपल जस्तै गरी बाँचु भन्थेँ
पिपलुको सारथी बर ढल्दा रोए धेरै

भुलीदिन्छु अब त भनी निदाउने प्रयास गर्दा
सपनीमा तिमिले आई छल्दा रोए धेरै

–  रचनाकार धादिङबाट सञ्चालन भइरहेको दिब्यदर्शन टेलिभिजनमा कार्यरत छिन् ।

About The Author

Loading...

अन्य समाचारहरु: