७ मंसिर, धादिङ – युवाहरुको अर्थपुर्ण सहभागीता विषयक अन्र्तक्रिया कार्यक्रम सोमबार सदरमुकाम धादिङवेशीमा सम्पन्न भएको छ ।
युवाहरुलाई सबै क्षेत्रमा अर्थपुर्ण सहभागीता गराई युवाहरुको पहुँचमा वृद्धि गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न युवा क्लबका पदाधिकारी, जिल्लामा संञ्चालित संञचारगृहका सञ्चारकर्मीहरु, लगायत युवा क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थामा आवद्ध युवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युवा शक्ति परिचालन नहुँदा हुने बेफाईदाहरु, सामाजिक रुपान्तरणको लागी युवाहरु विना निर्णय दिगो हुन नसक्ने, युवाहरुको अर्थपुर्ण सहभागीताले हुने परिवर्तन लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा छलफल भएका विषयवस्तुमाथि अस्मीता महिला प्रकाशन गृह संञ्चार तथा स्रोत संस्थाका कार्यकारी निर्देशक मञ्जु थापा, बन्दना उप्रेती, करुणा पराजुली र युवा क्षेत्रमा काम गर्दै आएका धादिङका यूवा गणेश ढुङ्गानाले जानकारी गराएका थिए ।