Fri. Feb 7th, 2025

इन्धनमा कालोबजारी, प्रशासन मौन

oil-corporetion८ मङ्सिर, चितवन – प्रशासनले इन्धन र ग्यासको व्यवस्थापन गर्न नसक्दा कालोबजारी बढेको चितवनका राजनीतिक दलहरुले आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय, चितवनले सोमबार भरतपुरमा आयोजना गरेको आपूर्तिमा असहज भएपश्चात् प्राप्त इन्धन वितरणको विवरण सार्वजनिकीकरण कार्यक्रममा राजनीतिक दलका नेताहरुले यस्तो आरोप लगाएका हुन् ।

प्रशासन कार्यालयले इन्धन आपूर्ति असहज भएपछि प्राप्त इन्धन पहँुचका आधारमा पेट्रोल पम्पलाई वितरण गर्ने गरेको दलका नेताहरुको आरोप थियो । वितरण गर्दा समानुपातिक ढङ्ले गर्न नसक्दा र पम्पका व्यवसायीबाट नै कालोबजारी भएको बताएका थिए ।

नेकपा ९एमाले०का केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, नेकपा ९एमाले० चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एकीकृत नेकपा ९माओवादी०का जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, जिल्ला अध्यक्ष यमबहादुर परियार, राप्रपाका जिल्ला अध्यक्ष रामहरि कँडेललगायतले कालोबजारी रोकेर व्यवस्थित र समान रुपमा इन्धन वितरणको व्यवस्था मिलाउन प्रशासनसँग माग गरेका थिए ।

बजारमा बढ्दै गएको कालोबजारी नियन्त्रण गर्नका लागि प्रशासन कार्यालयले समिति गठन गरेर अनुगमन गर्नुपर्ने उहाँहरुको माग थियो । यस्तै अहिले ग्यास वितरणमा देखिएको समस्या समाधानका लागि दाउरा प्रयोगमा ल्याउनुपर्ने माग पनि उहाँहरुको थियो ।

यसैबीच भारतले गरेको अघोषित नाकाबन्दीका समयमा स्थानीय प्रशासनले छ लाख ९० हजार लिटर इन्धन वितरण गरेको छ । कार्यालयले चितवनका ५५ वटा पेट्रोल पम्पहरुबाट चार लाख ९९ हजार लिटर डिजल र एक लाख ९१ हजार लिटर पेट्रोल वितरण गरेको कार्यालयले जनाएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सिंहले हरेक लटमा सार्वजनिक यातायातका साधनलाई सातदेखि आठ हजार लिटर, कृषकलाई छ हजार लिटर, चारवटा ठूला अस्पताललाई हरेक लटमा सय लिटर पेट्रोल र दुई सय लिटर डिजल, सञ्चारमाध्यमलाई चार सय लिटर पेट्रोल छुट्याइएको जानकारी दिए ।

यस्तै सरकारी कार्यालय, सुरक्षा निकाय, विशिष्ट व्यक्तित्व सार्वजनिक संस्थान, निजी अस्ताललगायतका संस्थालाई आवश्यकता हेरी कार्यालयबाट कुपन वितरण गरिएको प्रमुख जिल्ला अधिकारी सिंहले बताए। रासस

About The Author

अन्य समाचारहरु: