Sat. Oct 12th, 2024

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, धादिङमा पनि मनाइदै

mainbatti prajyalan९ मंसिर,  धादिङ – लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान आजबाट सुरु भएको छ । प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (मंसिर ९ गतेदेखि मंसिर २५ गते) सम्म मनाइने अभियान यस वर्ष जिल्लाका विभिन्न स्थानमा महिला हिंसा विरुद्धका चेतनामुलक कार्यक्रम सहित मनाउन लागिएको छ ।

अभियानलाई सफल बनाऊनका लागि महिला तथा वालवालिका कार्यलय धादिङको सक्रियतामा विभिन्न संघसंस्थाहरुले चेतनामुलक कार्यक्रम गरि मनाइदै छ ।

अभियानको पहिलो दिन आज धादिङबेसीमा चेतनामुलक ¥यालीको आयोजना गरिएको छ । त्यस्तै सेतो रिबन वितरण अभियान पनि गरिएको छ । अभियानकै क्रममा धादिङ विभिन्न ठाँउहरुमा ¥याली, मैनबत्ती प्रज्वलन तथा लोकगीत प्रतियोगीता भइरहेको छ । अभियानको पूर्वसन्ध्यामा हिजो धादिङबेसीमा मैनबत्ती प्रज्वलन गरिएको थियो ।

घर शान्ती नै विश्व शान्तीको आधार, पुनः निर्माण शिक्षा र समान व्यवहार भन्ने नारा सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइदै छ

सन् १९६० को नोभेम्बर २५ का दिन हत्या गरिएका डोमिनिकन रिपब्ल्लिकका तीन साहसिक दिदी बहिनीहरु पाट्रिया, मर्निभा र मारियाको बलिदानी त्याग र उच्च साहसको सम्मान र सम्झना गर्दै उक्त दिनलाई ल्याटिन अमेरिकी देशहरुमा महिला हिंसाविरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो ।

त्यसको झण्डै तीन दशकपछि सन् १९९९ को डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले त्यसै दिनलाई अन्तर्राष्ट्रिय महिलाहिंसा विरुद्धको दिवसको रुपमा घोषणा गरेको हो ।

About The Author

अन्य समाचारहरु: