Mon. Feb 10th, 2025

‘संविधान संशोधनबाट मधेसको माग सम्बोधन हुन्छ’

इलाम – पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नाकाबन्दी तत्काल फिर्ता लिन आन्दोलनरत दलहरुसँग आग्रह गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

यो आन्तरिक समस्या हो । नाकाबन्दी फिर्ता गरेर आउनुहोस्, इलामको चुलाचुलीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, संविधान संशोधन गरेर भए पनि माग सम्बोधन हुन्छ ।

संविधानसभाको निर्वाचनदेखि नै अनवरत रूपमा लागेर नयाँ संविधान जारी गरी देशलाई एक किसिमको समाधान दिइसकेकाले आफू अब विकास निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो ।

संविधान निर्माणपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका नेम्वाङलाई मतदाता र कार्यकर्ताले भव्य स्वागत गरेका थिए । रासस

About The Author

अन्य समाचारहरु: