Tue. Mar 18th, 2025

पालुङ जेसीज वर्ष २०१५ को सप्ताहा व्यापी कार्यक्रम सुरु

palung 2
रुपक कालिराज/ १० मंसिर,  पालुङ- पालुङ जेसीज वर्ष २०१५ को सप्ताहा व्यापी कार्यक्रम आजबाट सुरु भएको छ । प्रत्येक वर्ष गर्दै आएको सप्ताहा व्यापी कार्यक्रम यसवर्ष पनि विविध कार्यक्रम गरी मनाउने बताइएको छ । पालुङ जेसीज वर्ष २०१५ का अध्यक्ष र्जम क्षेष्टको अध्यक्ष्यता तथा मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्रीको प्रमुख आथित्यतामा कार्यक्रममको उद्घाटन गरिएको हो । देशको अवस्थालाई मध्यनजर गर्दै ३ दिनमा सात वटा कार्यक्रम सञ्चालन गर्ने गरि समय अवधि घटाएकोे महा सचिव विजय श्याम अमात्यले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन पश्चात आज पहिलो दिन थाहा नगरपालिकामा हाल सालै आएका नयाँ कार्यलय प्रमुखहरुलाई स्वागत तथा भरत रत्न जेहेन्दार छात्र वृद्धि प्रदान गरेको छ । निद्धन उत्थान वैँक लिमिठटडका शाखा प्रमुख वद्री अधिकारी,एति डेभलोभमेन्ट शाखा प्रवन्धक संगीता वज्रचार्य,कृषि विकास वैक लिमिडेटका विनोद रेग्मि, नेपाल वैँक लिमिडेटका टमिक कुमार दाहाल, इलाका प्रहरी कार्यलय इन्चार्ज विरेन्द्र पनेरु लाई स्वागत गरिएको थियो भने थाहा नगरपालिकाको जनकल्याण उच्च मावि, झम्केश्वारी मावि, मत्स्यनाराण माविका ३–३ जना गरि ९ जनालाई वितराण गरिएको जनाएको छ ।

palung 1

सो छात्र वृद्धि वर्ष २००८ का अध्यक्ष भरत गोपलीको प्रायोजनमा वितारण गरिएको कार्यक्रमको महा सचिव विजय श्याम अमात्यले जानकारी दिए । यसै विच आजै नै थाहा नगरपालिकाको झम्केश्वारी माविमा अन्तर मावि स्तरिय हाजिर जवाफ प्रतियोगिता समेत भएको छ । झम्केश्वारी माविका प्रध्याना ध्यपक उद्धव प्रसाद आचार्यको प्रमुख आथित्यमा भएको प्रतियोगितामा ९ वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक इश्वार ढुङगानाको निणायकमा भएको हाजिर जवाफ प्रतियोगिता्मा झम्केश्वरी मावि प्रथम ,वज्रवाराहि उच्च मावि द्धितिय र सुनौला मावि तृतिय भएको छ । आज भएको उद्धघाटन तथास्वागत कार्यक्रम आरती क्षेष्टको संयोजकत्व र हाजिरी जवाफ प्रतियोगिता र छात्र वृद्धि वितराण इश्वार ढुङगानाको संयोजकत्वमा भएको थियो ।

प्रथम द्धितिय र तृतियलाई १२ गते समापन कार्यक्रममा पुरस्कार वितरण गर्ने जनाएको छ । त्यसैगरि भोलि ११ गते शुक्रवार विहान ७ः३० वजे स्लो वाइक रेस, दिउसो १ वजे खुल्ला धर्मलाल एकल गायन प्रतियोगिता जेसिस सभाहलमा हुने भएको छ । १२ गते शनिवार विहान कार्यलय प्रमुख र जेसिस विच मैन्त्री पूर्ण भलिवल प्रतियोगिता, र दिउसो १ः३० वजे खुल्ला गोपी कृष्ण एकल नृन्त प्रतियोगिता जेसिस सभाहलमा हुने र दिउसो २ वजे जेसीज सभाहलमा विजेताहरुलाई पुरस्कार वितरण गरि सप्ताहाव्यपी कार्यक्रम समापन गरिने बताइएको छ ।

About The Author

अन्य समाचारहरु: