Thu. Oct 10th, 2024

परिवर्तन युवा बाट नै

 

10414491_705817529514942_1987541340788287392_n

सरिता श्रेष्ठ

जे गर्नु छ सुरुवात आजैबाट आफैबाट गर्नुपर्छ । अनिमात्र देश तथा समाज विकासमा आफ्नो भूमिका उतुलनीय रहन्छ । यहि प्रतिबद्धताका साथ लागि परौ भने अवश्यै नै समाज र राष्ट्र विकासिल तिर लम्कन सम्भव होला । नत्र भने जति यसको बारेमा चर्चा परिचर्चा गरे पनि बेकार रहन्छ । त्यसैले वर्तमान परिस्थितिलाई जो कोहीले पनि सामना गर्न सिक्नु पर्छ ।

परिवर्तन आजैबाट गर्नुपर्छ अनि आफैबाट गर्नुपर्छ । यति भनिरहदा परिवर्तन गर्न खोज्नेहरुमा, इच्छुकहरुमा नयाँ उत्सुकता जाग्न सक्छ । यसलाई सहजै रुपमा लिई भएका आशा र अपेक्षाहरु पूरा गर्न अहिलेका जल्दा बल्दा युवाहरु तत्पर रहनुपर्छ । समाज परिवर्तनको अमूल्य सम्पति युवा नै हो भनीरहदा उनीहरुलाई राज्यले पनि नविन चेतना जिममेवारी नागरिक र जागरुका नागरिकको दर्जामा उल्लेख गर्नुपर्छ । समाज यतिबेला परिवर्तनको प्रशव पिडामा छटपटाइरहेको छ । यहि परिवर्तनको प्रसव पिडालाई मेटाउन युवा वर्ग होमिएर लागि पर्नु आजको मूलभूत आवश्यकता देखिन्छ । इतिहासको भोक, रोक र शोकलाई निमूल पार्न यतिखेर कम्मर कसेर लागी पर्नु नै युवाले समाजमा गर्नुपर्ने भूमिका देखिन्छ । तर युवालाई यस्ता भूमिकाहरु नदिने हो भने युवा वर्गले विद्रोह पनि गर्न सिक्नुपर्छ ।

देश अहिले सामाजिक, आर्थिक, राजनैतिक लगायत विविध झमेलामा अल्झिएको अवस्था छ । युवा पुस्ताले यस्ता झमेलालाई निखार्नू अति आवश्यक छ । र आफू पनि तिखारिनु पर्छ । देशलाई कुन अवस्थामा लैजाने हो त्यसको निर्णय गर्ने जिम्मेवारी युवाहरुमा नै हुन्छ त्यसैले युवालाई सहि बाटोमा पहिचान गर्न सिक्नु पर्छ । हामी इतिहासको एक यस्तो महत्वपूर्ण अवस्थामा उभिएका छौं । जुन मोडमा समस्या, चुनैति र अवसरहरु एकै साथ थुप्रिएका छन् । हाम्रा अगाडि प्रशस्त मात्रामा सामना गर्नुपर्ने चुनौतिहरु ठडिएको छ । । जति बढी चुनौतिपूर्ण अवस्था हुन्छ हामीले गर्ने योगदानको महत्व त्यति नै बढी हुन्छ । यसैले आजको पुस्ता भनेको इतिहासमा सर्वाधिक महत्वपूर्ण योगदान प्रदान गर्ने सुयोग्य पुस्ता पनि हो ।

आज गरेको योगदानले भविश्यका लागि एक महान् अवसरको सृजना गर्ने बाटो पनि हो । यस्तो अवसरलाई युवाले गुमाउनु हुदैन । हामी गर्न जान्यौ भने सिक्न सक्यौ भने विगत आफै एउटा महत्वपूर्ण शिक्षक हो । जसरी एउटा शिक्षकले जीवनको कालान्तरसम्म पनि निरन्तर रुपमा विद्यार्थीहरुलाई पाठ सिकाईरहेको हुन्छ । त्यसरी नै युवाले पनि आफ्नो भूमिकाको बारेमा पाठ सिक्नु पर्ने हुन्छ । यहि भूमिकालाई आजको युवा पुस्ताले मनन गर्दै जानुपर्छ । विगतमा सिकेका, जानेका कुरालाई व्यवहारमा उतार्न सिक्नुपर्छ । अनि मात्र देश तथा राष्ट्रले खोेजेको र रोजेको सुयोग्य नागरिकको रुपमा शिर उचालिन्छ ।

About The Author