Sat. Feb 8th, 2025

आज विश्व एड्स दिवस, धादिङमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै

stop aids१५ मंसिर, धादिङ – आज २८औं विश्व एड्स दिवस । नेपाल सहित विश्वभर प्राणघातक एचआइभीरएड्सबारे जनचेतना फैलाउन एड्‍स दिवस मनाइदैछ ।

संयुक्त राष्ट्रसंघले सन् १९८८ मा गरेको घोषणा अनुसार प्रत्येक बर्ष डिसेम्बर १ मा एड्स दिवस मनाईन्छ । विश्वव्यापी रुपमा सन् २०३० भित्र एड्सलाई अन्त्य गर्ने लक्ष्य अनुसार सवै राष्ट्रहरु यसका लागि आवश्यक रणनीतिहरु सहित काम गरिरहेकाछन् । एड्स दिवस मनाउनुको उदेश्य पनि यसै लक्ष्यबारे स्मरण गरी जनचेतना फैलाउनु, एड्स विरुद्ध हुने सवै खालका गतिविधिहरुबारे जानकारी आदान प्रदान गर्नु र एड्सका कारण मृत्यु भएका मानिसहरुको सम्झना गर्नु हो ।

एड्स (AIDS) शब्द अंग्रेजी Acquired Immunodeficiency Syndrome को छोटो रुप हो । यो एउटा यस्तो अवस्था हो कि जुन एचआइभी (HIV- Human Deficiency Virus) का कारण मानव शरीर प्रभावित हुने गर्दछ । शरीरमा संक्रमण भएपछि एच‍‍आइभीले T-Lymphocyte नाम गरेको कोषको संरचनामा आक्रमण गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरस अन्य कोषहरूमा सर्दछ । एड्स आफैँमा रोग भने होइन । एचआइभीको संक्रमण नै परिपक्क भएर एड्स हुने हो ।

एचआइभी संक्रमितलाई एड्सको अवस्थामा पुग्न २ देखि १५ वर्षसम्म लाग्ने गर्दछ । एचआइभी भाइरस शरीरमा फैलिएपछि मानिसमा रोगसंग लड्ने क्षमता ह्रास हुने गर्दछ । नयाँ संक्रमितलाई सुरुमा कुनै लक्षण नदेखिए पनि विस्तारै रुघाखोकी लाग्ने, टाउको दुख्ने, तौल घट्दै जाने, बारम्बार झाडापखाला लाग्ने र ज्वरो आईरहने, थकाई लाग्ने, भोक नलाग्ने र ग्रन्थीहरु सुन्निने जस्ता लक्षणहरु देखिने गर्दछ । संक्रमित व्यक्तिलाई सामान्य रुघाखोकी लाग्दा अथवा सानो घाउ चोट लाग्दा समेत निको हुँदैन । संक्रमित व्यक्तिको शारिरीक अवस्था अनुसार कुन व्यक्त कति बाँच्छ भन्ने कुराको निर्धारण हुने गर्दछ । संक्रमित व्यक्तिहरुले स्वस्थ जीवनशैली अपनाएको खण्डमा कुनै ठुलो औषधि उपचार बिना पनि करिव १० वर्षसम्म बाँच्न सक्दछन् । समाजमा एचआईभी पोजिटिभ व्यक्तिहरुलाई भेदभाव, हेय र दुर्व्यवहारपूर्ण भावनाले हेरिदै आएकोमा पछिल्ला दिनमा भने यस्तो धारणामा परिवर्तन आएको छ ।

एड्स दिवसको पूर्वसन्ध्यातामा धादिङबेसीमा दिप प्रंज्वलन गरिएको छ । एचआइभी पीडित बालबालिकाहरुको सहयोगार्थ हाम्रो पहुँच गोरखाको सहकार्यमा वेटर धादिङले दिप प्रज्वलन गरेको हो । त्यस्तै आज विभिन्न संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको छ ।

About The Author

अन्य समाचारहरु: