काठमाडौं – भारतीय राजदुत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द गरिएको बारे कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेकोे ‘१८ औं सार्क शिखर स् सम्भावना र चुनौती ’ विषयक साक्षात्कारमा राजदुत रेले मोदीले गर्ने भनेको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएको जानकारी नेपाल सरकारको तर्फबाट सार्वजनिक भएको घटनाले आफु आश्चर्यमा परेको बताए ।
राजदुत रेले मोदीको भ्रमण रद्दबारे सार्वजनिक भएका खबरबारे आफूलाई जानकारी नभएको भन्दै विदेश मन्त्रालयसँग परामर्श गरेरमात्रै भ्रमणको कार्यतालिका सार्वजनिक गर्र्ने जानकारी दिए ।
पूर्व पराष्ट्रमन्त्री डा। भेषबहादुर थापाले नेपालका राजनीतिक दलको हचुवा व्यवहार र अपरिपक्व कुटनीतिका कारण समस्या उत्पन्न भएको आरोप लगाए । उनले नेपालका नेताहरु कुटनीतिमा अपरिपक्व भएको भन्दै भारतीय प्रधानमन्त्रीको भ्रमणको विषयमा भएको टिकाटिप्पणी अशोभनीय भएको दाबी गरे ।
‘देशमा जति नै ठूलो विवाद भएपनि कुटनीति र विदेश नीतिको मामिलामा संयमित भएर राजनीतिक नेतृत्व प्रस्तुत हुनुपर्छ’, थापाले भने, ‘हाम्रा नेताहरु भने विभाजित भएकाले समस्या ल्याएको हो ।’
(अन्नपूर्ण अनलाइनबाट साभार)