(सूचना प्रकासित मिति : २०७२मंसिर१३ गते)
केयर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालले संचालन गर्न लागेको हरियो वन कार्यक्रम– आपतकालिन पूनस्र्थापना तथा पूनर्निर्माण पूर्वतयारी तथा बिपद जोखिम न्यूनिकरण कार्यक्रम(Emergency Recovery and Reconstruction Program) लागि जिल्लाको बूढाथुम, मूलपानी, फूलखर्क र सल्याटार गाविसमा काम गर्नका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता भएकोले इच्छुक योग्यता पुगेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र सहित आवेदन दिनुहुन आव्हान गरिन्छ ।
विवरण
पद : कार्यक्रम संयोजक
संख्या : १जना
योग्यता र प्रथामिकता
– कम्तिमा स्नातक तह पास गरेको ।
– वन–वातावरण, बिपद् जोखिम ब्यवस्थाप, सामुदायमा आधारीत वन ब्यवस्थापन समुहहरुमा कम्तिमा ३ वर्ष कार्य अनुभव भएको ।
– कम्प्युटर दक्षता भएको ।
– दलित, जनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकता दिइने छ ।
पद : सामाजिक परिचालक
संख्या : ४ जना
योग्यता र प्रथामिकता
– कम्तिमा प्रविणता प्रमाणपत्र तह पास गरेको ।
– वन–वातावरण, बिपद् जोखिम ब्यवस्थाप, सामुदायमा आधारीत वन ब्यवस्थापन समुहहरुमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको ।
– कम्प्युटर दक्षता भएको प्रथमिकतम ।
– दलित जनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकता दिइने छ ।
– स्थानिय गाविसको बासिन्दा हुनुपर्ने ।
निवेदन पेश गर्ने मिति , स्थान र आवश्यक कागजात,
– हस्तलिखित निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी र वायोडाटा (cv) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
– सूचना प्रकाशित भएको मितिले ८ दिन भित्र वा २०७२ मंसिर२० गते कार्यालय समय आवेदन पेश गरी सक्नु पर्ने छ ।
– तलब संस्थाको कर्मचारी नियमावली र आपसी समझदारीमा तय गरिनेछ ।
दरखास्त बुझाउने ठाउँः– सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङ,
सम्पर्क नं :– ०१०५२०५४४
परिक्षाको किसिमः– लिखित र मौखिक दुबै ।
नोट :– छनोट भएका उमेद्वारहरुलाई सम्पर्क गरी वोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला ।