१८ मंसिर, धादिङ – लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत धादिङको गजुरीमा लोकगीत प्रतियोगीता सम्पन्न भएको छ ।
लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान मुल आयोजक समितिको आयोजना, प्रयास नेपाल, शान्ति नेपाल, फोकस नेपाल लगायतका विभिन्न संघसंस्थाहरुको सहयोगमा भएको प्रतियोगीतामा लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था प्रथम भएका छन् । प्रतियोगीतामा महिला माथि हुने विभिन्न हिंसात्मक घटनाहरुलाई विषयबस्तु बनाएर गीत प्रस्तुत गरिएको थियो ।
लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिं का अध्यक्ष विष्णृु कुमारी श्रेष्ठले अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी कार्यलय, संघसंस्था, आमा समूह, विद्याथीहरुको सहभागीता रहेको थियो ।
लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत धादिङको विभिन्न ठाँउहरुमा जनचेतनामूलक कार्यक्रमहरु भइरहेको छ ।