Sat. Jun 22nd, 2024

दलित भएकै कारण जागिर खानबाट वञ्चित

५ मंसिर, धादिङ – दलित भएकै कारण धादिङको गजुरी गाउँ विकास समितिकी एक महिलाले जागिर खान नपाउने हुनुभएको छ ।
गजुरी गाविस वडा नम्बर – १ आदामाराकी २८ वर्षिय सन्तोषी विश्वकर्माले दलित भएकै कारण राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय गजुरीमा निवेदन दिन नपाउनु भएको हो । बैकले सार्वजनिक गरेको विज्ञापनको आधारमा बैकमा कार्यालय सहयोगीको लागि दिएको निवेदन लिन अस्वीकार गरेको सन्तोषीले बताउनुभएको छ ।
०७१ कात्तिक ३० गते आइतबार राष्ट्रिय वाणिज्य वैंक गजुरी शाखामा निवेदन दिन आउनुभएकी सन्तोषी विश्वकर्माले दिएको निवेदन वैँकका मेनेजर शंकरप्रसाद पौडेलले लिन अस्वीकार गरेकोले पीडकलाई कारबाहीको माग गर्नुभएको छ ।
निवेदन लिएर पुग्नुभएकी विश्वकर्मालाई कार्यालय सहयोगीले खानाचिया समेत बनाउनु पर्ने भएकोले आफ्ना्े कार्यालयमा राख्न नसकिने बताउदै निवेदन लिन अस्वीकार गर्नुभएको सन्तोषीले जानकारी दिनुभयो ।
गजुरी स्थित पूर्व गाविस अध्यक्ष शुक्ल उप्रेती समेतले विश्वकर्माको निवेदन दर्ता गर्न अनुरोध गर्दा समेत मेनेजर पौडेलले आफूले दलितले छोएको नखाने र अरु मेनेजर आउँदा समेत नखाने भएकोले निवेदन लिन नसक्ने बताएर फर्काइएको थियो । तर, बैकका मेनेजर शंकरप्रसाद पौडेलले आफूले छुवाछुत सम्बन्धी अभिव्यक्ति नदिएको र आफूले निवेदन लिन अस्वीकार नगरेको बताउनुभएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: