
मधेसी मोर्चाका नेताले मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट्ने तय भएको छ ।डोभाललाई भेटेपछि १२ बजे विदेशसचिव एस जयशंकरसाग उनीहरूको भेट तय भएको छ ।
अपराह्न ३ बजे अब्जरभर रिसर्च फाउन्डेसनद्वारा आयोजित अन्तरक्रियामा उनीहरूले सहभागिता जनाउनेछन् । मोर्चाका नेताहरूले सोमबार कंग्रेस आईका सांसद आनन्द शर्मा, जनता दल युनाइटेडका सांसद तथा पूर्वराजदूतहरू श्यामशरण, देव मुखर्जी, जयन्तप्रसाद, शिवशंकर मुखर्जीलगायतसँग भेटवार्ता गरेका थिए ।