Mon. May 17th, 2021

महिला साफ च्याम्पियन्सिपको उपाधि भारतलाई, नेपाल ६–० ले पराजित

काठमाडौं – पाकिस्तानमा जारी तेस्रो महिला साफ च्याम्पियन्सिपको उपाधि भारतले उचालेको छ ।

Nepali_Woman_Football_team_799241994

शुक्रबार दिउँसो भएको फाइनलमा नेपाललाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै भारतले तेस्रो पटक उपाधि उचालेको हो ।

पाकिस्तानको जिन्नाह रंगशालामा भएको खेलमा भारतले नेपाललाई हराउँदै साफ च्याम्पियन्सिपको उपाधिमा ह्याट्रिक गरेको छ । उपाधि जित्ने क्रममा भारतले खेलको खेलको पहिलो र दोस्रो हाफमा ३/३ गोल गर्यो‍ । भारतका लागि बालादेबीले ह्याट्रिक पूरा गरिन् । उनले पहिलो र दोस्रो हाफमा २/२ गोल गर्न सफल भइन् ।

उपाधि जिताउने क्रममा भारतका लागि खेलको २६ औं मिनेटमा कमला देबीले गोलको खाता खोलिन् । त्यसको १४ मिनेट नबित्दै भारतले अर्को गोल थप्यो । खेलको ४० औं मिनेटमा भारतका लागि बाला देबीले गोल गरी खेललाई २–० को अवस्थामा पुर्याइन् ।

दोस्रो गोल गरेको तीन मिनेट नबित्दै भारतले पुनः अर्को गोल गर्दै खेलमा ३–० को अग्रता लिन सफल भयो । खेलको ४३ औं मिनेटमा भारतका लागि बालादेबीले नै पुनः अर्को गोल गरेकी थिइन् ।खेलको शुरुवातबाटै भारतले नेपाललाई दबाबमा राखेको थियो । रक्षात्मक खेल खेलिरहेको नेपालमाथि भारतले निरन्तर आक्रमण गर्यो ।

पहिलो हाफमा ३–० को अग्रता लिएको भारतले दोस्रो हाफमा पनि लगालग गोल गर्यो‍ । भारतका लागि खेलको ४७ औं मिनेटमा रोमी देबीले गोल गर्दै खेललाई ४–० को अवस्थामा पुर्याइन् । त्यसको ४ मिनेट नबित्दै भारतका लागि अर्को गोल थप्दै बालादेबीले ह्याट्रिक पूरा गरिन् ।

लगालग गोल खाएको नेपालले केही साना प्रयास गरेपनि स्कोर गर्न नसक्दा लज्जास्पद हार भोग्यो । नेपालकी सावित्रा भण्डारीले पहिलो हाफको इन्जुरी समयमा प्रहार गरेको बल पोष्टमा लाग्दै बाहिरियो ।

नेपालले केही प्रयास गरेपनि असफल भएको अवस्थामा भारतले खेलको अन्तिम समयमा अर्को गोल थप्यो । भारतका लागि खेलको ९२ औं मिनेट बालादेबीले नै अर्को गोल गरिन् । उनले नेपाल विरुद्दको फाइनल खेलमा व्यक्तिगत ४ गोल गरिन् ।

सन् २०१० र २०१२ भएका साफ च्याम्पियन्सिपमा पनि भारतले नेपाललाई नै हराउँदै उपाधि जितेको थियो । यो साफ अवधिभर भारतले ३६ गोल गर्यो भने उपविजेता बनेको नेपालले १४ गोल गर्न सफल भयो ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

Loading...

अन्य समाचारहरु: