२३ मंसिर, धादिङ – धादिङको ढोला गाँउ विकास समितिको वडा न्र ७ तल्लो आले अस्थायी शिविरबाट एक बालक हराएको छ ।
उत्तरी धादिङको लापा गाँउ विकास समितिबाट विस्थापित भएर ढोलामा बस्दै आएका १४ वर्षिय निमाडोर्जे तामाङ मंसिर २१ गतेबाट हराएको परिवारले बताएको छ ।
मंगलबार स्कुल जान हिँडेका उनी घर नफर्केपछि परिवारले खेजी कार्य गरेको हो । उनी ढोलामा रहेको कालिका माध्यामिक विद्यालयमा कक्षा ८ मा पढ्छन् । उनलाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८०३८८०७१३ मा खबर गरिदिन आग्रह गरेका गरिन्छ।