Tue. Mar 18th, 2025

रेडियो धादिङद्धारा जिल्ला प्रहरी कार्यलय धादिङलाई रेडियो प्रदान

radio२४ मंसिर,  धादिङ – हिरासतमा रहेका थुनुवाहरु सुचना पाऊने हकबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आज जिल्ला प्रहरी कार्यलय धादिङलाई रेडियो प्रदान गरिएको छ ।

अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नागरिकको सुचना पाऊने अधिकार सुनिश्चित गर्न रेडियो धादिङले हिरासतमा रहेका थुनुवाहरुका लागि रेडियो प्रदान गरेको हो । रेडियो धादिङले आफ्नो फ्रिक्वेन्सी १०६ मेघाहर्ज सुनिश्चित गरि रेडियो उपलब्ध गराएको स्टेशन म्यानेजर राजाराम शर्माले बताए । रेडियो ग्रहण गर्दै प्रहरी नायव उपरिक्षक सविन प्रधानले अनुसन्धानका लागि हिरासतमा रहने नागरिकहरुसंग सुचना प्राप्त गर्ने कुनै पनि साधन नहुने अवश्थामा रेडियो प्रभावकारी हुने बताए ।

अनुसन्धानमा प्रभाव नपरोस् भन्दै हिरासतमा ल्याइएकाहरु संग रहेका सामाग्रीहरु प्रहरी नियञ्त्रणमा हुने भएकाले सुचना पाऊने साधन अभाव रहने गरेको थियो । हिरासत नजिक रेडियो रहँदा समाचार सुन्न र सन्देशमुलक विषयवस्तु सुन्न अब सहज हुने भएको छ । रेडियो हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले नागरिकको सुचना पाऊने अधिकार स्थापित गर्न रेडियो धादिङले गरेको कार्यको प्रशंशा गरे । जिल्ला स्तरसंगै अन्य प्रहरी चौकीहरुमा पनि रेडियो उपलब्ध गराऊने रेडियो धादिङले जनाएको छ । रेडियो हस्तान्तरण कार्यक्रममा ग्रामिण संचार सहकारी संस्थाका सचिव राधिका सापकोटा, गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष सिताराम प्रसाद वर्मा लगायतको उपस्थिति रहेको थियो ।

About The Author

अन्य समाचारहरु: