Fri. Mar 29th, 2024

धादिङका १६ प्रतिशत घर परिवार अझै पनि खानेपानीको समस्यामा

धादिङ – सरकारले खानेपानी र सरसफाइलाई प्राथमिकतामा राखेर काम गरिरहँदा धादिङका १६ प्रतिशत घर परिवार अझै खानेपानीको समस्याबाट वञ्चित रहेका छन् ।

 

DSC02500

जिल्लामा रहेका ७३ हजार ८ सय ४२ परिवार मध्ये ११ हजार ४ सय २४ परिवार अझै खानेपानीको समस्यामा छन् । विशेषगरी धादिङको सल्यानटार, जोगिमारा लगायत दक्षिणी धादिङका केही क्षेत्रहरुमा खानेपानीको समस्या रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङले जनाएको छ ।

 

त्यस्तै धादिङका २६ प्रतिशत मानिसहरुले खुल्ला ठाउँमा दिशा पिसाव गर्ने गरेका छन् । जिल्लामा रहेका ७३ हजार ८ सय ४२ घरधुरी मध्ये ५५ हजार २ सय ५० घरधुरीमा चर्पी निर्माण गरितापनि १८ हजार ५ सय ९२ परिवारले खुल्ला ठाउँमा दिशापिसाव गर्ने गरेका छन् ।

 

सन् २०१७ सम्ममा खुला दिशामुक्त मुलुक घोषणा गर्ने लक्ष्य अनुरुप अभियान चलाइरहँदा धादिङमा केही सुधार आएपनि सोचेजति उपलब्धी नदेखिएको सरोकारवालाहरुले बताएका छन् ।

 

जिल्लाको मुरलीभन्ज्याङ, महादेवस्थान, जोगीमारा, धुषा, बेनिघाट, बसेरी, खाल्टे, किरान्चोक, बेनिघाट, मैदी लगायत ११ ओटा गाउँ विकास समिति खुला दिशा मुक्त क्षेत्र घोषणा गरिसकिएको छ । गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएपनि चेतनाको अभावका कारण चर्पीमा दिशापिसाव गर्ने बानी नपरेको सरोकारवालाहरुले बताएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: