उत्तरी धादिङको विभिन्न दुई स्थानबाट पेस्तोल सहित ६ जना पक्राउ

बैशाख ३०, २०७४

pakrau-3
३० बैशाख,  धादिङ –

उत्तरी धादिङको विभिन्न दुई स्थानबाट पेस्तोल सहित ६ जना पक्राउ परेका छन् ।

खनियावास गाउँपालिका वडा नं ५ (साविकको सत्यदेवी गाविस)मा शुक्रबार राती बा ७७ प १९६२ नम्बरको गाडीमा चेकजाँच गर्ने क्रममा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय छिरीङ तामाङ र २७ वर्षीय जयबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए ।

उनीहरुको साथबाट १ थान पेस्तोल, ३ राउण्ड गोली, १ वटा खुकुरी, ४१ हजार ७ सय नगद पनि बरामद गरिएको छ ।

त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिका १ खोल्सीमा खुडासहित ४ जना पक्राउ परेका छन् ।  त्रिपुरासुन्दरी ३ बस्ने २४ वर्षीय प्रचित अधिकारी, ३० वर्षीय नवीन थापा, २० वर्षीय प्रकाश थापा मगर र २४ वर्षीय उत्तम अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

निर्वाचनको समयमा हुने विभिन्न घटनाहरुलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले धादिङको उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरिएको छ ।

२०७४ बैशाख ३० गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस