Tue. Apr 30th, 2024

यसरी गरियो त्रिशुलीकाे वीच भङ्गालोमा फसेका ब्यक्तिको जिवितै उद्धार (भिडियो सहित)

३१ असार, धादिङ / मनिष दुवाडी-

किनारामा पौडी खेल्ने क्रममा बगाएर त्रिशुलीको वीच भागमा अड्किएका एक ब्यक्तिको शकुशल उद्धार गरिएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ स्थित मलेखु बजार नजिकै त्रिशुली किनारमा म‌गलबार अपरान्ह पाैडी खेलिरहेका ३ जनालाइ त्रिशुली नदीले बगाएको थियो । २ जना पौडेरै बाहिर निस्किन सफल भएपनि कैलाली जिल्लाको जोशिपुर बस्ने कमलराज जोशी भने त्रिशुली नदीको वीचको भङगालोको वीच भागको ढुङगामा अड्किएका थिए ।

जलउद्धारकर्मीहरु द्धारा उद्धार गर्दै गर्दाको भिडियो

संगै नुहाउन गएका १ जना नदिको वीच भागमा फसेपछि साथीहरुले प्रहरीलाइ खवर गरेका थिए । लगत्तै शसस्त्र प्रहरी बल विपत ब्यवस्थापन तालिम शिक्षालय कुरिन्टटारबाट एस एस पी कालिदास धौवजीको कमान्डमा आएको उद्धार टोलीले नदीको वीचमा अड्किएका कैलाली जोशिपुर बस्ने कमलराज जोशीलाइ सकुशल उद्धार गरेको हो ।

जोशी करिव २ घण्टा नदीको वीच भागमै अड्किएका थिए । शसस्त्र भन्दा अगाडी उद्धारको लागि सेना खटिएको भएपनि सफल नभएपछि कुरिन्टारबाट जलउद्धारकर्मी बोलाइएको थियो ।
बर्षाको कारण नदीमा पानीको बहाव पनि निकै कडा रहेको र नदीको भङगालोको वीचमा अड्किएका ब्यक्तिलाइ निकै जोखिमपुर्ण तरिकाले उद्धार गरिएको एस एस पी धौवजीले जानकारी दिए । उनले भने, ‘यस्तो घटनामा जिवितै उद्धार विरलै हुने गरेको छ, १० मिनेटमात्रै ढिला भएको भएपनि ती ब्यक्तिलाइ नदीले बगाउने सम्भावना थियो । सवैको प्रयासमा उद्धार गर्न सफल भइयो ।’

शसस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढाको नेतृत्वमा २ गोताखोरहरु ओम बहादुर सलामी र डिल्ली भट्टराइ तथा सइ विरेन्द्र बहादुर बम र असइ पहलमान वली ¥याफ्टिङ बोट लिएर उद्धारको लागि नदीमा पसेका थिए ।

पौडी खेलिरहेको ब्यक्ति नदीको वीच भागमा फसेर उद्धार गर्न असम्भव भएपछि स्थानीय देव श्रेष्ठले उद्धारको गर्नको लागि शसस्त्र प्रहरीको तालिक केन्द्र कुरिन्टारमा खवर गरेका थिए ।

जोशी पृथ्वी राजमार्गमा अप्टिकल फाइवर विछ्याउने काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ । नदीबाट उद्धार गरिएपछि उनलाइ चेकजाँचको लागि राजमार्ग सामुदायिक अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: