भारतीय प्रधानमन्त्री मोदी पनि फिल्म खेल्ने ?

मंसिर १३, २०७१

मुम्बई – तपाई कहिल्यै कल्पना गर्न सक्नुहुन्छ कुनै भारतीय फिल्ममा त्यो देशका प्रधानमन्त्री नरेन्द्र मोदी हिरोको रुपमा अभिनय गरेका हुन् ? देशको बहालवाला प्रधानमन्त्री फिल्मको हिरो बनको अनौठो संयोग अब भारतमा देख्न पाइएला ?

NARENDRA-modi-in-kathmandu
हालै एक फिल्म निर्माता एवं राजनीतिज्ञसँगको भेटमा आफु पनि फिल्म खेल्न इच्छुक रहेको बताएर प्रधानमन्त्री मोदीले बलिउडमा नयाँ तरङ्ग ल्याइदिएका छन् ।
मोदीलाई भेट्न पुगेका भोजुपुरी फिल्मका सुपरस्टार एवं राजनीतिज्ञ मनोज तिवारीसँग मोदीले सामाजिक सन्देश बोकेको फिल्ममा आफु अभिनय गर्न तयार रहेको बताएका छन् ।
ब्यबसायिक र साना बजेटका फिल्मवाट टाढा रहन आग्रह गर्दै तिवारीलाई मोदीले भने ‘सामाजिक सन्देश बोकेका फिल्म बनाउनोस्, त्यस्ता फिल्ममा पनि अभिनय गर्न तयार छु ।’
साना बजेटको फिल्मवाट टाढा रहन सुझाब दिएपनि भोजपुरी फिल्मको लगाव भने जारी राख्न सुझाब दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । तिवारीले उत्तर पूर्व दिल्ली लोकसभावाट चुनाब जितेर सांसद भएका थिए । उनी अहिले पनि भोजपुरी सुपरस्टारका रुपमा चिनिन्छन् । सन् २००३ मा रिलिज भएको ‘ससुरा बडा पैसा वाले’ फिल्म अत्याधिक सफल भएको थियो । सोही फिल्म रिलिजपछि भोजपुरी फिल्मको नयाँ दौड सुरु भएको मानिन्छ ।
तिवारीको राजनीतिक यात्रा सन् २००९ मा सुरु भएको थियो । पहिलो पटक समाजवादी पार्टीको टिकटमा गोरखपुरवाट चुनाव लडेका तिवारी पराजित भएका थिए । तर, पछिल्लो चुनाबमा उनले राम्रो मत त्याएर चुनाब जितेका थिए । सन् २०१० उनी चर्चित रियालिटी शो ‘बिग बोस ४’ मा सहभागी भएका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन