आइएसको आक्रमणमा एक सय ३५ जनाको मृत्यु

माघ ३, २०७२

_87752560_87752559३ माघ, काठमाडौँ  – सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परि एक सय ३५ जनाको ज्यान गएको छ । सिरियाको उत्तरी क्षेत्र दिर अल जोर क्षेत्रमा आइसले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक तथा सरकारी सैनिकको ज्यान गएको हो ।

ज्यान जानेमा ८५ जना सर्वसाधारण नागरिक तथा ५० जना सिरियालनी सैनिक रहेको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

तर सिरियाको सरकारी समाचार संस्था सानाले भने दिर अल जोर शहरको बागलियामा आइएसको आक्रमणमा परि कम्तिमा तीन सय जना नागरिकको ज्यान गएको उल्लेख गरेको छ ।

यसैबिच संयुक्त राष्ट्रसंघले दिल अल जोरको अवस्था लगातार बिग्रँदो रहेको भन्दै चेतावनी दिएको छ । त्यस क्षेत्रमा झण्डै दुई लाख नागरिकको बसोबास छ । त्यहाँका महिला तथा बालकालिकाको अवस्था अति नै नाजुक रहेको भन्दै राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयले चिन्ता व्यक्त गरेको छ ।

सरकारी सेनाको नियन्त्रणमा रहेको दिर अल जोरमा आइएसले शनिबार बेलुकादेखि आक्रमण सुरु गरेको हो । आइएसका कार्यकर्ताले कार बम बिस्फोट गएराका छन् भने सरकारी सेनाले हवाई आक्रमण गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

आइएसले शहरको ६० प्रतिशत भाग कब्जा गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सिरियामा गएको पाँच वर्षदेखि जारी द्वन्द्वको क्रममा अहिलेसम्म दुई लाख ५० हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।
– एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ