दशैंमा फ्लप

अशोज ३०, २०६९

काठमाडौं’ कात्तिक १३ (नागरिक) – अनुभवी निर्देशक र ‘स्टार कास्ट’ फेरि एकपटक फ्लप भएका छन्। राम्रो व्यापारमा निर्देशक कि कलाकार? भन्ने बहसमा स्पष्ट धारणा नआए पनि दशैंको सेरोफेरोमा रिलिज भएका फिल्मले दुवैलाई असफल देखाएको छ। केही हिट फिल्म बनाएका निर्देशक शिव रेग्मीको ‘सो सिम्पल’ले सामान्य व्यापार समेत गर्न सकेन। यसअघिका उनका फिल्म ‘फूल’ पनि औसतभन्दा माथि उक्लिन सकेको थिएन।

‘सो सिम्पल’को कमजोर व्यापारले निर्माता केशव भट्टराई’ निर्देशक रेग्मी र यसै फिल्मबाट हिरोइनको पाइला बढाएकी उनकी छोरी भावनाको करिअरलाई बाधा पुर्या्एको छ।फिल्म छान्दा भूमिका र पारिश्रमिकमा धेरै सोच्ने अभिनेता आर्यन सिग्देललाई दोहोरो धक्का लागेको छ यसपटक। बीचमा बिग्रिएको उनको बजारलाई ‘आइएम सरी’ केही उठाए पनि आफूले खेलेका दुई फिल्म एकैपटक असफल भएको मारमा छन् उनी।
सबिर श्रेष्ठको निर्देशनमा ‘के म तिम्रो साथी बन्न सक्छु’ र लक्ष्मण रिजालको निर्देशनमा ‘धुवाँ यो नशा’ खेलेका आर्यनलाई दुवैले लाभ दिएन। हिरोइन निशा अधिकारीलाई पनि ‘मायाज बार’पछि यो फिल्मले अर्को चोट थप्यो।
यी तीन फिल्मसँग दशैंमा कुम जोड्न आएको ‘लुट कम्पनी’लाई पनि राम्रो नतिजा मिलेन। निश्चल बस्नेतले ‘लुट’ हिट बनाएको देखेपछि सुरज चन्दले त्यसमा ‘कम्पनी’ थपेर फिल्म बनाए पनि कमाउन भने सकेनन्।
‘कुनैबेला जस्तो फिल्म लगाए पनि दशैंमा प्रशस्त कमाइ हुन्थ्यो। अहिले कमाइ हुन छोडेको छ’ तर दशैंका लागि लडाईं गर्ने निर्माताहरु घटेका छैनन्” निर्माता एवं वितरक नरेन्द्र महर्जनको विचारमा फिल्म किन चलेेन भनेर कहिल्यै समीक्षा गरिँदैन’ त्यसैले उस्तै नतिजा दोहोरिन्छ।
आफैंले वितरण व्यवस्था मिलाएको फिल्म’सो सिम्पल’को लगानी उठ्न नसक्ने स्पष्ट हिसाब उनीसँग छ। मागभन्दा पाँच गुणा बढी आपूर्तिले फिल्म बजार बिग्रिएको उनी ठान्छन्। ‘बजारको विश्लेषण कहिल्यै हुँदैन। फिल्मलाई हलको अनुहार देखाउन पाए पुग्ला जस्तो गर्छन्” लगातार फिल्म असफल हुनुमा उनले यस्तो कारण देखेका छन्। एकसाथ धेरै फिल्म चल्दा दर्शक नै अलमलमा परेको उनले बताए।
‘धुवाँ यो नशा’का वितरक सुनील मानन्धर यो फिल्मको व्यापारबाट सन्तुष्ट छैनन्। फिल्म किन चलेन कारण खुट्याउन उनले सकेका छैनन्। किनभने उनैले यो फिल्म हेरेका छैनन्। तर’ फिल्मले लगानीको ४० देखि ५० प्रतिशतमात्रै रकम उठाउन सक्ने हिसाब भने उनले निकालिसकेका छन्। रिलिज भएका अरु फिल्मको तुलनामा केही बढी व्यापार भएको दाबी गर्दै उनले भने’ ‘अब अरुको हालत के होला आफैं अनुमान गर्नुस्।’
सबै फिल्मको खराब नतिजा मिलेपछि उनले ठहर गरे’ ‘दशैंको बेलामा रिलिज भयो। सिक्वेन्स त मिलेकै हो’ माल पल्टाउन सकिएन।’ निर्देशकले दर्शक चिन्न नसकेको अनुमान लगाउँदै उनले कुन समयमा कस्तो स्वाद पस्किने भन्ने बारेमा ज्ञान बटुल्न अनुरोध गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन