टेनिस खेलाडी रोजर फेडेरर ओलम्पिकमा खेल्न नसक्ने

साउन १२, २०७३

rojar१२ साउन, धादिङ – घुँडाको चोटका कारण स्वीस टेनिस खेलाडी रोजर फेडेररले रियो ओलम्पिकसहित यो सिजनका बाँकी खेल खेल्न नसक्ने भएका छन् ।

१७ पटकका ग्राण्डसलाम विजेता फेडेररको चोट गम्भीर रहेको उल्लेख गरिएको छ । खेल जीवन लामो समयसम्म कायम राख्नका लागि आफूलाई अहिले आरामको आवश्यकता रहेको फेडेररले बताएका छन् ।
गएको फेब्रुअरीमा ३४ वर्षका फेडेररको घुँडाको शल्यक्रिया गरिएको थियो । उनले मेमा भएको फ्रेन्च ओपन खेल्न सकेका थिएनन् ।

फेडेररले सन् २००८ को बेइजिङ ओलम्पिकमा डबल्समा स्वर्ण पदक जितेका थिए । उनले एकलमा ओलम्पिक स्वर्ण जित्न सकेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ