धादिङ र रौतहटका जिल्ला शिक्षा अधिकारीले हस्तलिखित पत्र पठाएपछि

साउन १७, २०७३

Deo dhading jpg१७ साउन,  धादिङ – हेर्नु न म त दिक्क भइसके। जिल्ला शिक्षा अधिकारीले पत्र पठाउँछन् हातले लेखेर। उनीहरुलाई सरकारले सबै सुविधा दिएको छ। त्यापटप चलाउन सके ल्यापटप चलाउन, नसके कार्यलयमा कम्प्युटर चलाउन जान्ने कर्मचारीसहित कम्प्युटरको व्यवस्था गरिदिएको छ। तैपनि ढुंगेयुगमा जस्तो हातले लेखेर पत्र पठाउने गरेका छन्।

हदैभएपछि शिक्षा विभागले कडा निर्देशन नै दिएको छ–‘जिशिकबाट मातहत तथा माथिल्लो निकायहरुमा गरिने पत्रचारहरु हस्तलिखित होइन ए फोर साइजमा कम्प्युटर टाइप गरेर प्रेषित गर्ने व्यवस्था गर्नुस्।’

शिक्षा विभागका माहानिर्देशक खगराज बरालको टेबुलमा धादिङ र रौतहटका जिल्ला शिक्षा अधिकारीले हस्तलिखित पत्र पठाएपछि शिक्षा विभागले ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई हस्तलिखित पत्र नपठाउन निर्देशन दिएको हो।

सवैलाई आइटीका बारेमा जानकारी दिने जिशिअले हस्तलिखित पत्र पठाउँदा पत्र हराउने र लामो समयसम्म पत्र नभेटिने कारणले गर्दा कम्प्युटरमा सेभ गर्न सजिलो र सबै जिशिअलाई आइटीसँग नजिक गराउन यस्तो निर्देशन दिएको महानिर्देशक बरालले बताए।  नेपाल समाचार पत्रबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ