एउटा जेलमा एकजना कैदी, १६९ गार्ड, करोडौँ खर्च

कार्तिक १५, २०६९

हामीकहाँ जेल असुरक्षित छन्, त्यहाँको भौतिक अवस्था दयनिय छ । जेल व्यवस्थापनमा सरकारले ध्यान नदिएकाले बेलाबेलामा जेलबाट कैदी भाग्ने तथा कैदीहरुले आन्दोलन गर्ने गरेका खबर आउँछन् । तर जर्मनीको बर्लिनमा यस्तो जेल छ जहाँ एउटा कैदीको सुरक्षामा १ सय ६९ जना सुरक्षाकर्मी खटिएका छन् र उनको सुरक्षाका लागि एक महिनामा झण्डै ११ करोड रुपैयाँ खर्च हुने गर्छ ।

बर्लिनको उक्त जेलमा ती कैदीलाई कडा सुरक्षाका साथ राखिएको छ । उनलाई कोठाभित्र मात्रै बस्न दिइन्छ, जेल परिसरमा घुम्ने इजाजत समेत छैन ।

वास्तवमा ती व्यक्ति यति धेरै सुरक्षाकर्मीले पहरा दिनुपर्ने वा करोडौँ खर्च गरेर जेलमा राख्नुपर्ने खालका अपराधी होइनन् । सरकारी व्यवस्थापनको कारण ती कैदी उक्त जेलमा एक्लो परेका हुन् र जेलको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी तथा खर्च यथावत रहेको हो ।

त्यस जेललाई बन्द गरेर त्यहाँ रहेका कैदी अर्को जेलमा सार्ने यसअघिकेा निर्णय सरकारले उल्टाउँदा त्यस्तो भएको हो । सरकारी निर्णपछि त्यहाँ रहेका कैदीलाई एक एक गर्दै अर्को जेलमा सार्न थालियो । संयोगबस उक्त जेलबाट एक जना मात्र कैदी स्थानान्तरण गर्न बाँकी रहेका बेला सरकारले आफ्नो निर्णय उल्टाएर उक्त जेललाई बन्द नगर्ने निर्णय गर्यो । तर त्यहाँबाट अन्त सारिएका कैदीलाई फिर्ता भन गरिएन । यसो गर्दा त्यस जेलमा ती एकजना मात्र कैदी बाँकी रहे तर जेलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको संख्या तथा खर्च भने यथावत रह्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन