आयरल्याण्डसँग वेष्ट इण्डिज जिल्ल

फाल्गुन ४, २०७१

ireland-west-indies-300x200

एजेन्सी– टेष्ट क्रिकेट मान्यता प्राप्त राष्ट्र वेष्ट इण्डिजलाई पराजित गर्दै एशोसिएट राष्ट्र आयरल्याण्डले विश्वकप क्रिकेटमा राम्रो सुरुवात गरेको छ ।

सोमबार भएको पहिलो खेलमा आयरल्याण्डले वेष्टइण्डिलाई ४ विकेटको पराजित गर्यो । वेष्टइण्जिले दिएको ३०५ रनको लक्ष्य आयरल्याण्डले ४५.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

आयरल्यान्डको दोस्रो विकेटका लागि पल स्टर्लिङ र एड जोइसले १०६ रनको साझेदारी गरे । स्टर्लिङले ८४ बलमा ९ चौका र ३ छक्काको मदतमा ९२ रन बनाए । तेस्रो विकेटका लागि नाइल ओब्रायनसँग ९६ रनको साझेदारी गरेका जोइस ८४ रनमा आउट भए । ६७ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे ।

त्यसपछि उसले १७ रन जोड्दा थप दुई विकेट गुमायो । तर, क्रिजमा टिकिरहेका ओब्रायनले आयरल्याण्डलाई जित दिलाउ ठूलो भुमिका निभाए । ६० बलको सामना गरेका उनले अविजित ७९ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले लेन्डल साइमनको शतकको मदतमा ५० ओभरमा ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो ।

वेष्टइण्डिजको सुरुवात भने निकै खराव थियो । ८७ रन जोड्दा ५ विकेट गुमाइसकेको वेष्टइण्डिजको पारी सिमोन्स र डरेन सामीले सम्हाले । सिमोन्स र सामीले छैटौं विकेटका लागि १५४ रनको साझेदारी गरे । सिमान्सले १०२ रन बनाए भने सामीले ८९ रन जोडे । क्रिस गेलले ३६ रन बनाए ।
आरयल्याण्डका जर्ज डकरेलले १० ओभरमा ५० रन दिएर ३ विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ