मुख्यमन्त्री पवन चाम्लिङका छोरा इन्टरटेनमेन्टको व्यवस्थापनमा सञ्चालन हुने

कार्तिक २७, २०६९

काठमाडौ, कार्तिक २७ सोल्टी होटलस्थित दुई वर्षदेखि बन्द क्यासिनो नेपाल सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका छोरा विकासको माजोन इन्टरटेनमेन्टको व्यवस्थापनमा सञ्चालन हुने भएको छ । उद्यमी विनोद श्रेष्ठको नेतृत्वमा यहाँ दर्ता भएको कम्पनीसँगको सहकार्यमा उक्त क्यासिनो चलाउने सम्झौता केही अघि होटलसँग भएको थियो । ुएकाध महिनाभित्रै क्यासिनो सञ्चालनमा आउँछ,ु होटलसम्बद्ध स्रोतले भन्यो । सिक्किममा क्यासिनो सञ्चालन गर्ने मुख्यमन्त्री पवन चाम्लिङका आफन्त हुन् । चाम्लिङ आइतबारदेखि साताव्यापी भ्रमणमा यहाँ छन् । विकासले सिक्किममा क्यासिनो माजोन चलाइरहेका छन् । श्रेष्ठले पनि सिक्किममा चाम्लिङको साझेदारीमा मदिरा उद्योग सञ्चालन गरिरहेको सम्बद्ध स्रोतले बतायो । क्यासिनो व्यवस्थापन गरिरहेको नेपाल रिक्रियसन सेन्टरका प्रमुख कार्यकारी राकेश बाधवा ठूलो परिमाणमा राजस्व बक्यौताका साथै होटलको भाडा र कर्मचारीको दायित्व नतिरी फरार भएपछि चार दशक पुरानो क्यासिनो नेपाल बन्द भएको थियो । यस्तै एभरेस्ट होटलस्थित क्यासिनो एभरेस्ट र ह्यातस्थित क्यासिनो ताराको व्यवस्थापन किशोर सिलवालको कम्पनी भ्याली लिंकले लिएको छ । चाम्लिङको समूहले दुवै क्यासिनोको व्यवस्थापन लिन प्रयास गरे पनि स्थानीय क्यासिनोका पुराना खेलाडी सिलवालले हात पारेका हुन् । बाधवा फरार भएपछि एभरेस्ट कर्मचारीको समूहले सञ्चालन गरिरहेको छ । यस्तै मलेसियाको एसियन रिसोर्ट एन्ड क्यासिनोले केही समय सञ्चालन गरी छाडेपछि तारा पनि कर्मचारीको समूहले चलाइरहेको छ । क्यासिनो तारामा सिलवालको कम्पनीले व्यवस्थापन सम्हालिसकेको छ । एभरेस्टमा क्यासिनोको व्यवस्थापन लिनेदिनेसम्बन्धी सम्झौता दुई साताअघि भए पनि क्यासिनो चलाइरहेको कर्मचारीको समूहको असन्तुष्टिका कारण हस्तान्तरण भएको छैन । ुलामो समयदेखि क्यासिनोको ुडाडुपन्युु चलाइरहेको समूहलाई क्यासिनो अरूलाई दिने कुरामा चित्त बुझेको छैन,ु एभरेस्टका एक कामदारले भने, ुअधिकांश कर्मचारी भने नयाँ व्यवस्थापनको पक्षमा छन् ।ु मल्ल (क्यासिनो भेनस०, र्‍याडिसन (र्‍याड० र पोखराको ग्रान्डेमा (ग्रान्डे० क्यासिनो सञ्चालन गरिरहेका सिलवालसँग अब पाँच क्यासिनो भएका छन् । काठमाडौं र पोखराका गरी १० पाँचतारे होटलले क्यासिनोको इजाजत लिएका छन् । मुलुकमा एक समय अमेरिकी नागरिक आरडी टटल क्यासिनो किङ भनेर चिनिएका थिए । नेपाल रिक्रियसन सेन्टरको स्वामित्व लिएपछि भारतीय नागरिक बाधवाले उक्त उपमा पाएका थिए । ुअब सिलवाललाई क्यासिनो किङ भने हुन्छ,ु स्रोतले भन्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन