भारतीय प्रधानमन्त्रीले आर्थिक मन्दी अन्त्य

कार्तिक २७, २०६९

मुम्बई (एजेन्सी), कार्तिक २७ भारतीय प्रधानमन्त्री मनमोहन सिंहले गत केही वर्ष मुलुकमा देखिएको आर्थिक मन्दी तथा असफलता अन्त्य भएको तथा थप सुधारका लागि आफू दृढ रहेको बताएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री सिंहले सन् २००६ मा १० प्रतिशत वाषिर्क वृद्धिदर तत्कालै प्राप्त गर्न सकिने जस्तो देखिएको र यो आशावादी अवधारणा बिस्तारै फैलिरहेको बताए । उनले यसपछि भारतको निर्यात घटेको तथा वित्तीय घाटा उकालो लागेको धारणा राखे । गत वर्ष ६।५ प्रतिशत वृद्धि भएको घोषणा गरिएकोमा यस वर्ष केवल छ प्रतिशतको हाराहारीमा वृद्धि रहनेछ । यसले लगानीकर्ताको मनस्थिति बिग्रिएको पनि प्रधानमन्त्रीको भनाइ थियो ।

द इकोनिमिक टाइम्सद्वारा आइतबार आयोजित एक कार्यक्रममा उनले मुलुकका केही क्षेत्रबाट आर्थिक वृद्धि खराब हुन थालेको आशंका आउन थालेको बताए ।

सिंहले सेप्टेम्बर महिनामा घोषणा गरिएको सुधारले अर्थतन्त्रलाई पुनःस्थापना गर्ने तथा विदेशी लगानी आकर्षण गर्ने बताए । नीतिमा थप परिवर्तन हुने जानकारी समेत उनले दिए ।

सिंहले वालमार्ट तथा टेस्कोजस्ता विश्वव्यापी खुद्रा पसल भारतमा खोल्न दिनुका साथै हालै गरिएका सुधारका लागि सरकारले निकै समस्या भोग्नुपरेको उल्लेख गरे ।

उनले भारतले आर्थिक वृद्धि तथा रोजगारीका लागि आफ्नो कमजोरी सुधार गर्नुपर्ने र नयाँ अवसर सिर्जना गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

विद्युतको बक्यौता असुल गर्न ऊर्जामन्त्रीको निर्देशन

लुम्बिनीमा प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकता

हालसम्मकै उच्च विन्दुमा पुगेर एक सयले घट्यो सुनको मूल्य

मध्येरातमा गाँजासहित भारतीय नागरिक पक्राउ

कोलम्बियामा एनआरएनएको ९२औं राष्ट्रिय समन्वय परिषद स्थापना