विद्यालय जेठ १ गतेबाट सञ्चालन हुने

बैशाख २१, २०७२

school-624x624
२१ वैशाख, काठमाडौं – सरकारले जेठ १ गतेबाट विद्यालय सञ्चालनको तयारी गरेको छ। शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको तत्कालीन योजना बनाएर अघि बढ्ने जनाएको छ। मन्त्रालय प्रवक्ता हरि लम्सालले मन्त्रालयको शनिबार बसेको सचिवस्तरीय निर्णयबाट जेठ १ देखि बालबालिकालाई विद्यालय ल्याउने वातावरण बनाउन तत्कालीन कार्ययोजना लागु गरिने बताउनुभयो।

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालका भूकम्पबाट ३६ जिल्लाका सरकारी तथा निजी विद्यालय बढी क्षति भएका छन्। उहाँका अनुसार ३६ जिल्लाका ७ सय २७ विद्यालय पूर्ण क्षति भएका छन्। साथै, १ हजार ४ सय २० विद्यालय भवन आंशिक क्षति भएका छन्।

दस हजार ८ सय ८५ कक्षाकोठा पूर्ण क्षति भएका छन्। त्यस्तै, ३ हजार १ सय १३ कक्षाकोठा आंशिक क्षति भएको निर्देशक नेपालले जानकारी दिनुभएको छ । यसैगरी ३ सय १९ विद्यालय भवन समान्य क्षति भएका छन् भने ७ सय २४ कक्षाकोठा सामान्य क्षति भएको छ। भूकम्पका कारण एक सय ८ विद्यार्थी र २१ शिक्षकको मृत्यु भएको छ। नागरिकबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ