सुनगाभाको पत्रकार सम्मेलनमा

कार्तिक २७, २०६९

काठमाडौं, यो फिल्मको सुटिङमा मैले झन्डै दियालाई भगाएकी थिएँ,ु अभिनेत्री निशा अधिकारीले यसो भन्दा सबैजना अचम्ममा परे। महिला समलिंगीको विषयमा बनेको फिल्म ुसुनगाभाुको अनुभव बताउन उपस्थित हिरोइनले निजी जीवनमा फिल्मले पारेको असर बताउन आग्रह गर्दा यसो भनेकी हुन्।

शनिबार आफू अभिनित ुसुनगाभाुको पत्रकार सम्मेलनमा फिल्मबाट निकै आशावादी रहेको उनले बताइन्। कार्यक्रममा पुस २० मा रिलिज हुने फिल्मको पोस्टर, प्रोमो र गीत सार्वजनिक गरिएको थियो।
ुअन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा फिल्मलाई सबैले मन पराएका छन्,ु उत्साह व्यक्त गरे निर्देशक सुवर्णले। उनको फिल्मको नेपाल प्रिमियर काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा गरिने छ।
अभिनेता नीर शाहले राम्रो फिल्म बनेको धारणा राखे। ुअहिले फिल्म बुझेका व्यक्तिको आगमन बढेको छ। दर्शकले समलिङ्गीको कथालाई मानवीय संवेदनशीलतासँग जोडेर हेर्नुपर्छ,ु उनले सुझाए। फिल्मले पिजी ९बालबालिकालाई देखाउन अभिभावकको निगरानी चाहिने० सर्टिफिकेट पाएकोमा भने उनले असन्तुष्टि जनाए, ुबालबालिकालाई असर पार्ने दृश्य यसमा छ जस्तो लाग्दैन।ु
अभिनेत्री दिया मास्केले फिल्ममा अभिनय गर्दा आफ्नो भूमिकाबारे बुझ्न धेरै अप्ठ्यारो परेको सम्भ्किइन्।
ुयो फिल्म हेर्न जाँदा म मेरो अभिभावकलाई लिएर जानेछु। पिजी सटिफिकेटबारे अझ पनि फिल्म क्षेत्र अनविज्ञ नै छ,ु ब्लु डायमन्ड सोसाइटीका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले सेन्सर बोर्डको निर्णयप्रति असन्तुष्टि जाहेर गरे।
कार्यक्रममा प्रणय राणा, रम्यता लिम्बु, नरेन्द्र महर्जन लगायतले बोले। फिल्ममा सौगात मल्ल, वसुन्धरा भुसाल र लक्ष्मी गिरीको पनि अभिनय छ। यसमा सिल्भाँमोरिजे र कुटुम्बले संगीत दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

ला लिगामा बार्सिलोना विजयी

भुटान जाने नेपाली टोलीकाे बिदाई

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न नगराउन क्यानको निर्देशन

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण