‘गलबन्दी’की लजालु अञ्जली रियलमा यस्ती हट छिन्

जेष्ठ १६, २०७६


१६ जेठ, काठमाडौँ –


गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको नयाँ दोहोरी गीत ‘गलवन्दी‘ यतिबेला सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेको छ । तर, गीतका गायक गायिकालाई ओझेलमा पार्ने गरी सर्वाधिक चर्चा भइरहेको छ, मोडल अञ्जली अधिकारीको ।

गीतको भिडियोमा अञ्जलीको ‘एक्सप्रेसन’ ले सबैलाई लठ्ठ बनाएको छ । उनी अति लजालु गाउँले युवतीको रुपमा देखिएकी छिन् । सामान्य शब्द र औसत स्तरको गीतलाई भिडियोले जुरुक्कै माथि उठाएको छ । ३ दिनमा २६ लाखभन्दा बढीले हेरिसकेको भिडियो एक महिनाभित्र एक करोड क्लवमा प्रवेश गर्नेमा शंका छैन । टिकटकमा पनि यो गीत अत्यधिक लोकप्रिय बनिरहेको छ।

यसअघि प्रकाश सपुतकै ‘बोलमाया’ बोलको गीतमा पनि अञ्जलीले मोडलिङ गरेकी थिइन् । सो मर्मस्पर्शी गीतमा पनि अञ्जलीको अभिनयलाई रुचाइएको थियो । पैसा कमाउन विदेश गएका श्रीमान लाश बनेर बाकसमा आउँदा गर्भवती श्रीमतीको बेदनालाई उनले जिवन्तरुपमा प्रस्तुत गरेकी थिइन् । सोही गीतको ‘प्रिक्वेल’ बताइएको गलबन्दीमा चाहिँ उनले विहे पूर्व रोदीमा दोहोरी गाएको देखाइएको छ । गायक प्रकाश सपुतले भिडियोमा अञ्जलीलाई साथ दिएका छन् ।

यो गीतले बोलमायाको स्तरलाई छुन नसके पनि भिडियोले गर्दा भ्युज पाएको छ । भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् । उनको हुलिया हेर्दा यसअघि दोहोरी ब्याटल २ मा गाउने जंगी प्रकाश सपुत यिनै हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । लगातार एकपछि अर्को हिट गीत दिइरहेका प्रकाशलाई यो दोहोरीले थप उचाईमा पुर्‍याउने पक्का छ । तर, सबैभन्दा बढि फाइदा भने अञ्जलीलाई नै भएको छ ।


२०७६ जेठ १६ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ